मध्य नेपाल

उन्नत जातको पशुपालन ब्यबसाय तालिम समापन
सविता दराई कालिका फागुन–३०
पश्चिम चितवनको खड्गौलीमा २४ गते बाट सुरु भएको  उन्नत जातको पशुपालन ब्यबसाय तालिम आज समापन भएको छ । आदीवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २०७१÷७२ को परियोजना अन्तर्गतको प्रस्ताव पेश सुकृत बमोजीम नेपाल दरै उत्थान समाज चितवनको आयोजनामा एक हप्ते  ब्यबसाय तालिम सुरु भएको थियो ।
पशु विशेषग डा रुद« कुमार श्रेष्ठ र डा अम्बिका राईले प्रशिक्षण दिनुभएको उक्त तालिममा ४५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । तालिममा चितवन जिल्ला सहित तनहु, नवलपरासी, र गोर्खाका मानिसहरुको  सहभागिता रहेको थियो ।
कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान संञ्चालक परिषदका सदस्य एवंम नेपाल दरै उत्थान समाज केन्द्रीय तदर्थ समितिका पुर्व अध्यक्ष मंगलराम दराईको प्रमुख आतिथ्यता रहेको थियो भने आदिवासी जनजाती जील्ला सम्नवय चितवनका सदस्य रामबहादुर भुजेलको विशिष्ट आतिथ्यता रहेको थियो ।त्यसतै खड्कौली सामुदायीक वनका उपाध्यक्ष पदमबहादुर खड्काको पनि कार्यक्रममा सहभागीता रहेको थियो ।
 
प्रमुख अतिथि रहनुभएका  दराईले चितवनमा रहेका थारु पछिको दोस्रो आदिवासी  दराई विभिन्न कारण शिक्षा  स्वास्थ्य आर्थिक जनचेतना  लगायत राज्यको पहुचबाट पछी परेका बताउदैँै यस किसीमको तालिमले आर्थीक रुपमा टेवा पुग्ने आश राखेको बताउनु भयो यस्तै उहाले यसै तालिम मार्फत किसान हरुलाई बचत गर्ने बानिको विकासका लागि शहकारी बचतको प्रशिक्षण  समेत दिनुभएको  भयो ।
कार्यक्रम नेपाल दरै उत्थान समाज चितवनका अध्यक्ष लक्ष्मण दराईको सभापतित्वमा सम्पन्न भएको थियो ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award