मध्य नेपाल

ढल र बाटो निर्माणमा सहयोग वगर्ने सम्मानित ।
कालिका , फाल्गुन ३० । 
आफनो टोलमा बाटो र ढल निमार्णमा महत्वपुर्ण सहयोग गरकेो भन्दै भरतपुर उपमहानगरपालीका १० मा रहेको तिन टोल सुधार समितिले संयुक्त रुपमा सहभागीलाई सम्ममान गरेका छन । शान्ति पथ टोल , ईन्द्रेणी टोल र ओम शान्ति टोल सुधार समितिले प्रमुख निर्वार्चन आयुक्त निलकण्ठ उप्रेति र खाने पानी व्यवस्थापन वोर्डका कार्यकारी निर्देशक सालिकराम पौडेललाई सम्मान गरेका हुन । 
कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका उप्रेतिलाई उपभोक्ता समितिका अध्यक्ष मोतिराम ढुंगाना र खानेपानी वार्डका कार्यकारी निर्देशक पौडेललाई उप्रेतिले सम्मान गर्नुभएको हो । टोल वासीको नाताले उप्रेतिले तारतम्भ मिलाउनुभएको र पौडेलले ढल निर्माणका क्रममा भौतिक सम्पत्ती सहयोग गर्नुभएको शान्ति पथ टोलका अध्यक्ष गणेश गुरुङ्गले बताउनुभयो । 
टोलवासीलाई हिडडुल गर्न समेत अप्mठेरो भएपछि शान्ति मार्गमा पर्ने मेमोरी चोकदेखि सिखर चोकसम्म र ईन्द्रेणी चोकबाट कन्या कलेसम्म उपमहानगरपालीका सडकविभाग र उपभोक्ताको संयुक्त लगानीमा बाटोमा ढल निर्माण गरीएको हो । ढल निर्माणमा ६२ लाख ७३ हजार ५ सय ४२ रुपैँया खर्च लागेकोमा उपमहानगरपालीकाले ६० र उपभोक्ताले ४० प्रतिशत लगानि गरेका थिए । बाटोको सम्पुर्ण खर्च सडक विभागले गरेको थियो । कार्यक्रममा सभासद कृष्णभक्ता पोख्रेलको समेत उपस्थिति रहेको थियो । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award