मध्य नेपाल

पुरानो नगरपालिका मध्ये उत्कृष्ट भरतपुर उपमहानगरपालीका ।
सुमन खनाल, फागुन २९, कालिका । नेपाल नगरपालीका संघ मुआनले देशका ५८ पुराना नगरपालिका मध्ये चितवनको भरतपुर उपमहानगरपालीकाको कार्यलाई उत्कृट मानी एक लाख नगद पुरस्कार सहित सम्मान गरेको छ । संघले आज आफ्नौ २२ औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नगद सहित प्रमाण पत्रले सम्मान गरेको हो । 
 
नगरपालीकाको सेवा प्रभाह, प्रशासनिक चुस्तता, स्रोत परिचालन, सहरी योजना तथा वातावरण संरक्षण एवम सहरी शुसासन कायम राख्ने योगदानको उच्च मुल्याङकन गर्दै सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. गोविन्दराज पोख्रेलले नगद र प्रमाण पत्र सहित सम्मान गर्नुभएको हो । 
 
त्यस्तै दोस्रोमा घोराही नगरपालीका र तेस्रोमा बुटवल र धनकुटा नगरपालीकालाई सम्मान गरिएको छ । कार्य मुल्याङकनको आधारमा दास्रो हुने धोराही नगरपालिकालाई ७५ हजार र प्रमाण पत्र तथा तेस्रो हुने बुटवल र धनकुटा नगरपालीकालाई २५–२५ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ ।   

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award