मध्य नेपाल

छात्रालाई यौन दुव्र्यवहार गरेको भन्दै हेटौडामा प्रर्दशन
हेटौँडा/ २९ फागुन
रुपेश दुलाल 
 
हेटौँडा–९ मा रहेको प्रगति उच्च माविका एक शिक्षकले छात्रालाई यौन दुव्र्यवहार गरेको भन्दै विद्यार्थी र स्थानीय प्रर्दशन गरेका छन् ।
विद्यालयका शिक्षक टेकप्रसाद पौडेलले कक्षा १० मा अध्ययनरत १५ बर्षिया एक विद्यार्थीलाई दुव्र्यवहार गरेको भन्दै आज विद्यालयमा प्रर्दशन गरेका छन् । विद्यार्थी र स्थानीयले दोषि शिक्षकलाई कारवाहीको माग गर्दै विद्यालयमा तोडफोड र मोटरसाइकल आगजनी गरेका छन् । नेपाल शिक्षक संगठन मकवानपुरका पूर्वअध्यक्ष समेत रहेका दोषि शिक्षकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर लैजाने क्रममा प्रर्दशनकारी र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा आधा दर्जन स्थानीय र प्रहरी घाइते भएका छन् । प्रहरीले पा“च राउण्ड हवाई फायर गरेको थियो । आरोपित शिक्षकले लामो समयदेखि पिडित छात्रा स“ग अश्लिल कुरा गर्ने गरेको जनाईएको छ । छात्राले साथीहरुमाझ गुनासो गरेपछि अश्लिल कुरा गरेको फोन रेकर्ड गरेका थिए । 
तीन दिनअघि मात्रै मकवानपुरकै थाहा नगरपालिकास्थित सेतिगणेश निमाविका शिक्षक दिनेश सुवेदीले पनि कक्षा ४ मा अध्ययनरत ९ बर्षिया छात्रालाई दुव्यर्वहार गरेको भन्दै विद्यार्थी र स्थानीयले प्रदर्शन गरेका छन् । सुवेदीलाई जिल्ला अदालत मकवानपुरले अनुसन्धानका लागि ५ दिनको म्याद थप गरेको छ ।
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award