मध्य नेपाल

सभाषद बिक्रम पाण्डे स्थलगत निरिक्षणमा ।।।
२७ फागुन,कालिका–
सभाषद बिक्रम पाण्डेले आँफ्नो निर्वाचन क्षेत्रमा जारी बिकाश निर्माणका कार्यहरुको स्थलगत अनुगमनको क्रमलाई निरन्तरता दिनुभएको छ । सोक्रममा आज उहाँले क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने बिभिन्न ठाउँमा जारी बिकाश निर्माण कार्यको निरिक्षण गर्नुभयो । 
आज उहाँले शुक्रनगरको नमुना चोक, किाशन चोक, गुम्बाचोक, छाताचोक र मेघौलीको बनकट्टा, पिपरा, बलुवा तथा दिब्यनगरको भगडीमा निर्माण भईरहेको सडकको निरीक्षण गर्नुभएको हो । 
सो क्रममा उहाँले निर्माणको जिम्मा लिएका स्थानीय उपभोक्ता समिति र कामदारहरुसंग छलफल समेत गर्नुभएको थियो । सभाषद पाण्डेले निर्माण कार्यमा ढिलाई नगर्न र सहयोग आबश्यक परे आँफुलाई जानकारी गराउन समेत आग्रह गर्नुभएको छ । 
भगडी–गोलाघाट कृषि सडक सभाषद पाण्डेको संसद बिकाश कोषबाट बिनियोजीत बजेटको आधारमा निर्माण भईरहेको छ । सबै स्थानमा जारी बाटो निर्माणमा सभाषद पाण्डेले निशुल्क रुपमा ग्रेडर र एक्साभेटर सहयोग गर्नुभएको छ । 
यसअघि पनि सभाषद पाण्डेले क्षेत्र नम्बर ५ मा जारी बिभिन्न बिकाश निर्माणका कामको निरिक्षण गर्नुभएको थियो । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award