मध्य नेपाल

शीलन भइन् नारायणी ‘डान्सिङ स्टार’,
रत्ननगर  चितवन , २६ फागुन । चितवनको नारायणगढमा भएको नारायणी ‘डान्सिङ स्टार’को उपाधि शीलन श्रेष्ठले जित्नुभएको छ । 
 
गएराति सम्पन्न फाइनल प्रतिस्पर्धामा सात जना प्रतियोगीलाई उछिन्दै बुटवलकी शीलनले उपाधि चुम्नुभएको हो । 
 
विजेता श्रेष्ठलाई कार्यक्रमस्थलमै रु एक लाख ५० हजार पुरस्कार प्रदान गरिएको थियो । उहाँले स्नातकोत्तरसम्मको अध्ययन पनि निःशुल्क पाउनुभएको छ । यस्तै, चितवनकी मीरा पुनले दोस्रो र पूजा गहतराजले तेस्रो स्थान हासिल गर्नुभएको छ । 
 
उहाँहरुलाई क्रमशः रु ५० हजार र रु २५ हजार नगद प्रदान गरिएको थियो भने अध्ययनमा पनि ५० प्रतिशत र २५ प्रतिशत छुटको घोषणा गरिएको छ । उक्त प्रतिस्पर्धामा उत्कृष्ट नृत्यङ्गना पूजा गहतराज र समिप तामाङले रु २५÷२५ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ । 
 
कार्यक्रममा पत्रकारिताको माध्यमबाट समाजलाई सुसूचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राससकर्मी नारायण ढुङ्गानासहित १२ जना महानुभावलाई सम्मान गरिएको थियो । 
 
सम्मानित हुनेहरुमा चलचित्र निर्देशक दीपक खाँडा, गायक भुवन प्यासी, नायिका अनु शाह, भारतीय टिभी च्यानल जिटिभीका चर्चित कार्यक्रम डान्स इन्डिया डान्सकी विजेता तेरिया फौजा मगरलगायतलाई समेत सम्मान हो । 
 
डान्स इन्डिया डान्सकी विजेता तेरिया फौजा मगरको उपस्थितिमा नारायणी डान्सिङ स्टारको फाइनल कार्यक्रम भएको थियो । 
 
गएको साउनदेखि नारायणी र लुम्बिनीका विभिन्न सात जिल्लाबाट छनोट भएका सात जना अन्तिम प्रतिस्पर्धामा उत्रिएको कार्यक्रम संयोजक दीपकसिंह परियारले जानकारी दिनुभयो । 
 
आठ सय ३५ जनाबाट छनोट भएका उनीहरुबीच यहाँ फाइनल भएको हो । प्रभुश्रीकला केन्द्र र ग्रिनलाइन मिडियाको आयोजनामा भएको उक्त छनोटको कार्यक्रम यसअघि चितवनलगायत वीरगन्ज, हेटौँडा, नवलपरासी, बुटवलमा गरिएको थियो । 
 
कार्यक्रम मध्य क्षेत्र प्रहरी तालिम केन्द्रका समादेशक रमेश खरेलको प्रमुख आतिथ्यतामा भएको थियो । रासस ९तस्बिर उपलब्ध छ० 
 
रत्ननगर ९चितवन०, २६ फागुन । चितवनको नारायणगढमा भएको नारायणी ‘डान्सिङ स्टार’को उपाधि शीलन श्रेष्ठले जित्नुभएको छ । 
 
गएराति सम्पन्न फाइनल प्रतिस्पर्धामा सात जना प्रतियोगीलाई उछिन्दै बुटवलकी शीलनले उपाधि चुम्नुभएको हो । 
 
विजेता श्रेष्ठलाई कार्यक्रमस्थलमै रु एक लाख ५० हजार पुरस्कार प्रदान गरिएको थियो । उहाँले स्नातकोत्तरसम्मको अध्ययन पनि निःशुल्क पाउनुभएको छ । यस्तै, चितवनकी मीरा पुनले दोस्रो र पूजा गहतराजले तेस्रो स्थान हासिल गर्नुभएको छ । 
 
उहाँहरुलाई क्रमशः रु ५० हजार र रु २५ हजार नगद प्रदान गरिएको थियो भने अध्ययनमा पनि ५० प्रतिशत र २५ प्रतिशत छुटको घोषणा गरिएको छ । उक्त प्रतिस्पर्धामा उत्कृष्ट नृत्यङ्गना पूजा गहतराज र समिप तामाङले रु २५÷२५ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ । 
 
कार्यक्रममा पत्रकारिताको माध्यमबाट समाजलाई सुसूचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राससकर्मी नारायण ढुङ्गानासहित १२ जना महानुभावलाई सम्मान गरिएको थियो । 
 
सम्मानित हुनेहरुमा चलचित्र निर्देशक दीपक खाँडा, गायक भुवन प्यासी, नायिका अनु शाह, भारतीय टिभी च्यानल जिटिभीका चर्चित कार्यक्रम डान्स इन्डिया डान्सकी विजेता तेरिया फौजा मगरलगायतलाई समेत सम्मान हो । 
 
डान्स इन्डिया डान्सकी विजेता तेरिया फौजा मगरको उपस्थितिमा नारायणी डान्सिङ स्टारको फाइनल कार्यक्रम भएको थियो । 
 
गएको साउनदेखि नारायणी र लुम्बिनीका विभिन्न सात जिल्लाबाट छनोट भएका सात जना अन्तिम प्रतिस्पर्धामा उत्रिएको कार्यक्रम संयोजक दीपकसिंह परियारले जानकारी दिनुभयो । 
 
आठ सय ३५ जनाबाट छनोट भएका उनीहरुबीच यहाँ फाइनल भएको हो । प्रभुश्रीकला केन्द्र र ग्रिनलाइन मिडियाको आयोजनामा भएको उक्त छनोटको कार्यक्रम यसअघि चितवनलगायत वीरगन्ज, हेटौँडा, नवलपरासी, बुटवलमा गरिएको थियो । 
 
कार्यक्रम मध्य क्षेत्र प्रहरी तालिम केन्द्रका समादेशक रमेश खरेलको प्रमुख आतिथ्यतामा भएको थियो । रासस

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award