मध्य नेपाल

१ सय ५ औँ नारी दिवसको अवसरमा कालिका एफ एमको अन्तक्रिया
फाल्गुण २३
 
१ सय ५ औँ नारी दिवसको अवसरमा मध्य नेपाल कै सर्वाेत्कृष्ट रेडियो कालिका एफ एमले अन्तक्रिया गर्ने भएको छ । आईतबार विहान ८ बजे आयोजना गरिएको कार्यक्रममा महिला सभासद सहित महिला अधिकार कर्मीहरुको सहभागीता रहने छ ।
कार्यक्रममा महिला हकहित , सहित संविधानमा महिलाका सरोकार र महिलाका  अधिकार सुनिश्चित गर्ने विषयमा छलफल हुने छ ।
महिलाहरुको नेतृत्व विकास सहितका बिभिन्न कार्यक्रमको आयोजना गर्ने गरेको कालिका एफ एमले महिलाहरुको विषयलाई आवाज दिनका लागी अन्तक्रियाको आयोजना गरिएको कालिका एफ एमका स्टेशन म्यानेजर रिना गुरुङले बताउनुभएको छ । एफ एमले वार्षिकोत्सवको अवसरमा आमा समुह स्तरीय हाजिरीजवाफ प्रतियोगीता, महिला स्लो मोटरसाईकल रेस , तिज विषेश सहितका कार्यक्रमको आयोजना गर्ने गरेको छ ।
कार्यक्रमको कालिका एफ एम र टिभि कालिकाले प्रत्यक्ष प्रशारण गर्ने छन् ।
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award