मध्य नेपाल

इच्छा विपरित रंग नदलौ है,,, कारबाहीमा परिएला इच्छा विपरित रंग नदलौ है,,, कारबाहीमा परिएला
कमला गुरुङ, कालिका फागुन २१
 
आज परेको होली पर्वलाई मध्यनजर गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सुरक्षा सतर्कता बढाएको छ । 
 
कुनै किसिमको दुर्घटना र उच्छृङखल क्रियाकलाप हुन नदिन ट्राफिक प्रहरी आज चोक चोकमा खटिने भएका छन् । प्रहरीले कानुन विपरित र सामाजिक सद्भावमा खलल पुग्ने किसिमका क्रियाकलापहरु नगर्न आग्रह समेत गरेको छ । 
 
यस्तै, मापसे गरी सवारी चलाउने ३ जना गएराति कारबाहीमा परेका छन् । क्यान्सर गेट, हाकिमचोक र दिपेन्द्र चोकमा गरिएको चेकजाँचका क्रममा उनीहरुलाई कारबाही गरिएको हो । 
पक्राउ परेकाहरुलाई कानुन अनुसार कारबाही गरी छाडिने ट्राफिक प्रहरीले जनाएको छ । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award