मध्य नेपाल

होलीको अवसरमा कालीका एफएम परिसरमा बिशेष कार्यक्रम । होलीको अवसरमा कालीका एफएम परिसरमा बिशेष कार्यक्रम ।

कालिका फागुन २१ ।

रंगहरुको पर्व फागु पुर्णीमाको अवसरमा कालिका एफएमले आज बिशेष कार्यक्रमको आयोजना गरेको छ । हरेक बर्षमा जस्तै यो बर्षपनी फागु पुर्णीमाको अवसर पारेर एफएमले होली धमाका २०७१ को आयोजना गरेको हो । कार्यक्रममा सामुहीक होली खेलीनुका साथै राष्ट्रीय तथा स्थानीय कलाकारहरुको बेजोड साङगीतीक प्रस्तुती रहने एफएमले जनाएको छ ।

कार्यक्रममा डिजे म्युजीक तथा नारायणी डान्सिङ स्टारका उत्कृष्ट कलाकारहरुको प्रस्तुती बिशेष आकर्षण रहेको बताईएको छ । बिहान ११ बजेदेखी एफएम परिसरमा हुने कार्यक्रमको कालीका एफएम ९५.२ र टिभि कालीकाले प्रत्यक्ष प्रशारण गर्नेछन् ।

होलीको अवसरमा कालीका एफएमका अध्यक्ष एवं प्रबन्ध निर्देशक बिक्रम पाण्डेले सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । फागु पुर्णीमाको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष पाण्डेले रंगैरंगको पर्व होलीले स्वदेश तथा बिदेशमा रहनुहुने सबै नेपालीमा आत्मीयता र भाईचाराको विकास गरोस भनी कामना गर्नुभएको छ ।

फागु पुर्णीमाकै अवसरमा दलहरुबिच रहेको आपसी कटुता हटेर दलहरु संबिधान निर्माणमा क्रियाशिल हुने विश्वास शुभकामना सन्देशमा व्यक्त गरीएको छ ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award