- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
चितवन राष्ट्रिय निकुञ्ज सौराहामा वन्यजन्तु अस्पताल निर्माण हुँदै
कमला गुरुङ, कालिका फागुन २०–
चितवन राष्ट्रिय निकुञ्ज सौराहामा अब घाइते, अपाङ्ग, विरामी तथा अशक्त वन्यजन्तुहरुको उद्दार गरी उपचार गरिने भएको छ ।
मध्यमवर्गीय वन्यजन्तुका निम्ति निकुञ्जमा वन्यजन्तु अस्पताल निर्माण हुँदैछ । अस्पतालको आज एक कार्यक्रमका बिच वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले शिलन्यास गर्नु भयो । शिलन्यास गर्दै मन्त्री आचार्यले वन्यजन्तु संरक्षणमा यस अस्पतालले महत्वपूर्ण भूमिका निर्माण गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।
परस्थानीय संरक्षणमा रहेका हात्ती प्रजनन केन्द्र तथा हात्तीसार, घडियाल तथा गिद्ध प्रजनन् केन्द्र लगायत देशका अन्य केन्द्रहरुमा स्वास्थ्य सुविधा उपलब्ध गराउने अस्पतालको उद्देश्य रहेको छ ।
यस्तै, वन्यजन्तु सम्बन्धी विभिन्न रोग तथा स्वास्थ्य समस्या सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसस्थासंग समन्वय एवम सहकार्य गरी अध्ययन अनुसन्धान गरिनेछ । अस्पताल भवन निर्माणका लागि डेनभर जु अमेरिका र डब्लु डब्लु एफ नेपालले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई करिब एक करोड रकम उपलब्ध गराउने प्रतिवद्धता गरेको छ ।
निकुञ्जमा हाल भने दुई जना डाक्टर रहेको र अस्पताल निर्माण भैसकेपछि डाक्टरहरु थपिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंङ्ग कुवरले बताउनु भयो । यस आर्थिक वर्षदेखि निर्माण कार्य सुरु गरी अर्को आर्थिक वर्षसम्म निर्माण कार्य पुरा गर्ने योजना रहेको कुवरले जानकारी दिनुभयो ।
साथै अस्पताल संचालनमा आवश्यक पर्ने उपकरण एवम् औषधीहरु विभिन्न स्रोतबाट जुटाउने सम्बन्धमा आवश्यक पहल भैरहेको निकुञ्ज विभागका महानिर्देशक टिकाराम अधिकारीले जानकारी दिनु भएको छ ।
निकुञ्ज कार्यालय र कोष अन्तर्गतको जैविक विविधता संरक्षण केन्द्र सौराहाबाट संयुक्त रुपमा अस्पताल संचालन गरिनेछ भने निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषको समन्वय रहनेछ ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





