मध्य नेपाल

खानेपानीमा सिर्जना देबकोटा अध्यक्षमा चयन ।
सविता दराई कालिका फागुन–१९
खानेपानी तथा सरसफाई उपभोत्ता महासंघ –नेपाल जिल्ला शाखा चितवनको कोषाध्यक्ष सिर्जना देबकोटालाई  अध्यक्षमा  चयन गरेको छ । मंगलबार भएको संस्थाको दोस्रो अधिबेशले तिन बर्ष कार्यकालका लागी देबकोटा सहित ११ नयां कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा बुद्धि प्रसाद दवाडी, सचिवमा बालकृष्ण अधिकारी, कोषाध्यक्षमा चन्द्रा देबी तामाङ, सह–सचिवमा रुविन पौडेल लगायत रहनु भएको छ। 
खानेपानी डिभिजन कार्यालय भरतपुरका  निमित्त प्रमुख बद्री  प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खानेपानी  उपभोत्ता महासंघ केन्द्रीय सदस्य गौतम बुद्ध लामाले यो अधिबेशनले सबैको हक अधिकारलाई समेट्ने सक्षम नेतृत्व चयन गर्ने छ भनि बिश्वास  ब्यक्त गर्नुका साथै  शुभकामना दिनुृ भयो ।साथै अब आउने कार्य समितिले चितवन र केन्द्रको दुरी नजिक ल्याउने काम गर्न सक्ने हुनु  पर्छ भनि  पनि बताउनु भयो ।यस्तै अतिथि युनिसेफका बोधनारायण श्रेष्ठले चितवनमा १ लाख ३ हजार ८ सय २८ पानीको घरधुरी रहेको बताउनु भयो साथै यी घरधुरीमा पानीको सुविधा असुविधाको अवस्थाको बारेमा प्रकाश पार्नु भएको थियो ।
संस्थाका अध्यक्ष नारायण प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष हरि प्रसाद भण्डारी ,युवा समाज नेपालका केशब प्रसाद रेग्मी,जिल्ला गैरसरकारी समन्वय समिति चितवनका अन्जु शर्मा दाहाल लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । सचिव प्रभु लामिछानेको सञ्चालन रहेको कार्यक्रममा कोषाध्यक्ष सिर्जना देबकोटाले ६७ हजार ९ सय ६३ को आय तथा ९१ हजार ८ सय ४४ को ब्यय आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award