मध्य नेपाल

सुकुम्बासी समस्याका बारेमा छलफल
राजु थापा 
कालिका फागुन १८ ।
नेपाल सुकुम्बासी सुधार समिति रत्ननगरले सुकुम्वासीको समस्याका बारेमा छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
 
आकृति महिला बचत तथा रिण् सहकारी संस्था र रत्ननगरका सुकुम्वासीहरुको संयुक्त आयोजनामा भएको कार्यक्रममा चितवन क्षेत्र नम्बर २ का सभासद शेषनाथ अधिकारी सामु आफ्नो समस्या छिटो समाधान गरिदिनुहुन् आग्रह गरिएको थियो ।
 
रत्ननगरका सुकुम्वासीले चुनाव अधि सबैले आफ्नो समस्या समाधान गर्छु भने पनि अहिले सुकुम्वासी आयोग समेत बिधटन भएकोले आक्रोश ब्यक्त गरेका थिए ।
 
कार्यक्रममा नगरपालिकाका संस्थापक अध्यक्ष नारायण वन, आकृति बचतकी अध्यक्ष पंच कुमारी गुरुङ, पार्टीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने करिव ५ सय भन्दाबढी सुकुम्वासीहरुको सहभागीता रहेको थियो ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award