मध्य नेपाल

बिद्यार्थीद्धारा नमुना फार्म अवलोकन (फोटो फिचर सहित)
लक्ष्मी पौडेल, कालिका फागुन, १७ ।
 
चितवनको विकट पहाडी गाविस कोराकका दुई बिद्यालयका बिद्यार्थीहरुले जिल्ला भित्र सञ्चालीत नमुना फार्महरुको भ्रमण गरेका छन् । कोराकको राष्ट्रिय प्राथमीक बिद्यालय चौघरा चारकिल्ला र राष्ट्रिय माध्यमीक बिद्यालय स्वामीटारका बिद्यार्थीहरुलाई ग्रिन स्कुल परियोजनाले भ्रमण गराएको हो ।
 
 
 
 
चितवनको आफन्त आई पि यम पाठशाला खैरहनी यस्तै भरतपुरको फुलबारीमा रहेको नेपालकै पहिलो प्राङ्गारीक कृषी सहकारी, प्राङगारीक मल उद्योग, कृषी तथा बन बिद्यालय अन्तर्गत राष्ट्रिय मकैबाली अनुसन्धान रामपुर र एब्लुम फ्लोरा फार्मको अवलोकन भ्रमण गराईएको हो ।
 
 
 
 
 
 
अवलोकनमा कृषी प्राविधिक मान कुमार चौधरीले सहजीकरण गनुभएको थियो । अवलोकन भ्रमण मार्फत बिद्यार्थीलाई चितवनमा वातावरण मैत्री खेतीका लागी भएका प्रयासबारे सम्बन्धीत व्यक्ती र संस्थासंग अन्तक्रिया गरी जानकारी गराईएको थियो ।
 
 
 
 
 
 
आई पि यम पाठशालामा बिद्यार्थीहरुले बिषादीरहित खेती प्रणालीका बारेमा जानकारी लिएका थिए । यस्तै फुलबारीमा प्राङ्गारिक कृषी सहकारीमा प्राङ्गारिक मलको प्रयोगबाट खेती गर्ने तरीका, यसरी खेती गर्दा हुने फाईदा, यस्तै वातावरणमा यस्ले पार्ने सकारात्मक पक्षका बारेमा कृषक चन्द्र प्रसाद अधिकारीले आफ्नो अनुभव बताउनुभएको थियो । अधिकारीले विगत २३ बर्षदेखी प्राङगारिक तरिकाबाट नै खेती गर्दै आउनुभएको छ ।
 
 
 
 
 
खेतीगर्दा प्राङ्गारिक र गड्यौले मलको प्रयोगले तथा बहुबाली गर्ने प्रवृतीले जमीनको उत्पादकत्व क्षमता र उत्पादन बढ्ने कुरा अन्तक्रियामा जानकारी गराईएको थियो । सोहि अन्र्तक्रियामा अमेरीकी नागरीक स्टिवले अमेरीका र नेपालको खेती प्रणालीमा आफ्नो अनुभव साटासाट गर्नुभएको थियो । 
 
 
 
 
 
यस्तै बिद्यार्थीहरुले मकैबाली अनुसन्धानमा पनी अवलोकन भ्रमण गरेका थिए । यस्तै बिद्यार्थीहरुलाई चितवनकै नमुना पुष्प खेती एब्लुम फ्लोरा फार्मको अवलोकन गराईएको थियो । 
 
 
 
 
 
 
 
दुबै बिद्यालयका गरी २४ बिद्यार्थी र शिक्षकको सहभागीता गराईएको कार्यक्रममा ग्रिन स्कुल परियोजनाका परियोजना अधिकृत बिराज श्रेष्ठ र फिल्ड मोटीभेटर मनोज घिमिरेले पनि सहजीकरण गर्नुभएको थियो ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award