मध्य नेपाल

नेपाल अण्डा उत्पादक केन्द्रिय संघ पोल्ट्रि महासंघबाट अलग ।।। नेपाल अण्डा उत्पादक केन्द्रिय संघ पोल्ट्रि महासंघबाट अलग ।।।
१६ फागुन,चितवन,कालिका (राजु सापकोटा)–
नेपाल अण्डा उत्पादक केन्द्रिय संघ पोल्ट्रि महासंघबाट औपचारीक रुपमा अलग भएको छ । चितवनको भरतपुरमा आज (शनिवार) पत्रकार सम्मेलनको आयोजना गरी संघले महासंघबाट औपचारीक रुपमा अलग भएको जानकारी गराएको हो । 
 
संघको निति नियम महासंघले नमानेका कारण बाध्य भएर आँफुहरु बाहीरीनुपरेको अध्यक्ष शिबराम केसीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । महासंघबाट अलग भएपनि तत्काल छुट्टै कुनै समानान्तर संघ बनाउने निर्णय आँफुहरुले नगरेको अध्यक्ष केसीले स्पष्ट पार्नुभयो । 
 
अण्डा उत्पादक केन्द्रिय संघ जिम्मेवार सदस्य भएता पनि महासंघका अध्यक्षले प्रत्येक निर्णय एकलौटी रुपमा गरेको र ब्यवसायीको हित बिपरित निर्णय गरीएको संघका अध्यक्ष केसीको आरोप छ ।
 
ब्यवसायीको हक हितका लागी भन्दै लिने गरीएको लेवी रकम समेत महासंघले तिर्न अस्विकार गरेका कारण हिजो सम्पन्न दोश्रो साधारण सभा समेत बहिस्कार गरेको संघले स्पष्ट पारेको छ । हिजो सम्पन्न साधारणसभाले गुणचन्द्र बिष्टलाई थप २ बर्षे कार्यकालका लागी अध्यक्षमा चयन गरेको थियो । 
 
संघले आँफ्नो सकृयतामा राहत कोषका लागी बिगत लामो समयदेखी अण्डा बितरकसंग प्रतिपेटी ३ र उत्पादकसंग प्रतिपेटी १ रुपैयाँ लेवी लिँदै आएको थियो । आँफुहरुसंग आबद्ध सदस्यरुबाट उत्पादीत ४ हजार कार्टुन अण्डा हरेका दिन बजारमा ल्याईँदा लेवी बुझाईएको तर महासंघका केहि जिम्मेवार  पदाधीकारीहरुले प्रत्येक दिन उत्पादन गर्ने १ सय ६० कार्टून अण्डा लेवी नै नतिरी बजारमा खुल्लम खुल्ला बिक्रि भईरहेको बताईएको छ । 
 
अहिले देशभरीका अण्डा उत्पादक किशान घाटामा गईरहेको भन्दै ब्यवसाय प्रवद्र्धनका लागी सरोकारवाला पक्ष जिम्मेवार हुनुपर्नेमा संघले जोड दिएको छ ।  एउटा अण्डा उत्पाद गर्न ९ रुपैयाँ २७ पैसा लागत लाग्ने गरेको तर घाटा खाएर ७ रुपैयाँ ५० पैसामा बिक्रि गर्ने गरीएको संघका अध्यक्ष केसीले गुनासो गर्नुभयो । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award