मध्य नेपाल

आकृती हेल्दि होम चितवनको उद्घाटन
कालिका ,फाल्गुण ११
आकृती हेल्दि होम चितवनको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । बिभिन्न सुन्दरता सम्बन्धि काम गर्ने संस्थाको चितवन शाखाको नायिका करिश्मा मानन्धरले भरतपुरमा उद्घाटन गर्नुभएको हो । 
 
मोटोपन घटाउने, चाँया पोतो हटाउने लगायतका बिभिन्न सेवाहरु उपलब्ध रहेको चितवन शाखा प्रमुख भोज खड्काले जानकारी दिनुभयो । ६ वर्ष पुरानो हेल्दि होम संस्थाको काठमाडौँमा दुई , बुटवल र नारायणगढमा गरि ४ वटा शाखा रहेका छन् । 
 
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि करिश्मा मानन्धर, संस्थाका कार्यकारी निर्देशक कृष्ण भण्डारी, प्रबन्ध निर्देशक मोहन भुषाल, चितवनका व्यवस्थापक सरिता लुईटेल  लगायतले बोल्नुभएको थियो ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Nepal Khabar

Started at: 18:00 HRS

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award