मध्य नेपाल

नारायणी नमुना उमाविका नेत्रहिन विधार्थीलाई सेतो छडी वितरण
राजु थापा, माघ २९, कालिका । 
नारायणी नमुना उच्च माध्यामिक विधालयमा अध्ययनरत ३१ जना नेत्रहिन विधार्थीहरुलाई सेतो छडी वितरण गरीएको छ ।
 
मण्डला अनलाईन रेडियो कोपनहेगन डेनमार्कबाट संचालन भएको संस्थाले नेपालका नेत्रहिनहरुलाई सेतो छडी वितरण गर्ने अभियान अन्र्तगत बिहिवार छडी  वितरण गरेको हो ।
 
प्रमुख अतिथि प्रमुख जिल्ला अघिकारी डाक्टर मान बहादुर वि के ले यस्तो मानविय कार्यले विदेश गएपछि नेपाललाई बिर्सन्छन भन्ने कथनलाई झुटो सावित गरेको बताउनु भएको छ ।  
प्रतिगोटा करिव ७ सय रुपैया लाग्ने सो छडी चितवनमा रहेका २१ सय नेत्रहिनलाई वितरण गर्ने लक्ष्य रहेको समन्वयनकर्ता सोम सापकोटाले बताउनु भएको छ ।
 
यसपटकमा आएको १ सय छडीहरु बिहिवार नारायण्ी नमुना उच्च मा वि मा वितरण गरिएको हो भने यसअधि चितवनको झुवानी, माडी र नारायणगढमा वितरण गरिएको थियो । यस अभियानको स्थानिय संयोजकत्व  लायन्स क्लब अफ लंकुले गरिरहेको छ ।
 
कार्यक्रममा  अतिथि माधव तिमिल्सीना, नारायण सापकोटा, पुर्ण प्रसाद दवाडी लगायतको उपस्थिति रहेको थियो भने क्लबका अध्यक्ष भानुभक्त सापकोटाको सभापतित्वममा कार्यक्रम सम्पन्न भएको थियो ।

Post Comment

More मध्य नेपाल

Special Programs

Kalika Events

  • 12th Music Award