मध्य नेपाल

२ सय ४१ जनाको दन्त परिक्षण
राजु थापा, माघ २९, कालिका,
सुनौलो स्वास्थ्य नेपाल भरतपुर १० द्धारा संचालित मेरि डेन्टल होमको आयोजनामा रत्ननगर वडा नम्बर १५ मा रहेको विन्देश्वरी निमाविमा निशुल्क दन्त परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख नारायण प्रसाद काफ्््लेले नगर क्षेत्रमा रहेका विपन्न वर्गलाई लक्षित गरि शिविर गरिएको बताउनु भएको छ । कार्यक्रममा २ सय ४१ जनाको दन्त परिक्षण गरिएको थियो भने जसमध्ये १ सय ८ जनाको सफा गर्नुपर्ने, ८० जनाको भर्नुपर्ने, ५ जनाको दातँ निकाल्नु पर्ने, २० जनााको जरैदेखि भर्नुपर्ने र २० जनाको सामान्य रहेको थियो ।
 
कार्यक्रममा विधालयका प्राचार्य भिम प्रसाद खनाल, डाक्टर लोकेश्वर शाह, डेन्टल हाइजेनिस्ट सिजन श्रेष्ठ, सुनौलो स्वास्थ्य नेपालका कार्यक्रम निर्देशक सरोज चन्द्र न्यौपाने लगायतको उपस्थित रहेको थियो ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Samaya Sandarva

Started at: 06:35 HRS

Up Next

Hamro Serofero

Starts at: 07:05 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award