मध्य नेपाल

चितवनमा १ सय १२ युनिट रगत संकलन
राजु थापा, माघ २९, कालिका,
उई नाईन ईभेन्ट र आईएस एम टि कलेजको संयुक्त आयोजनामा आज रक्तदान कार्यक्रम मार्फत १ सय १२ युनिट रगत संकलन गरिएको छ ।
 
मेडिकल सिटीको रुपमा रहेको चितवनमा भईरहने रक्त अभावलाई कम गर्ने उद्धेश्यले आयोजित कार्यक्रममा १२  महिला सहित ११२ जनाले रक्तदान गर्नुभएको हो ।
 
कार्यक्रम विपि कोईराला क्यान्सर अस्पतालका डिपुटी डाईरेक्टर देज कुमार गौतमको प्रमुख आतित्थतामा शुरु भएको थियो भने आईएस एमटी कलेजका प्रमुख योगेश उप्रेती, शसस्त्र प्रहरी बल आँपटाडीका प्रमुख शम्भु उप्रेती, कलेजका प्रशासन अघिकृत केशबराज सापकोटा लगायत राजनैतिक पार्टीका स्थानिय प्रतिनिघिहरुको उपस्थिति रहेको थियो ।
 
स्थानिय ब्यापारीहरु समेतको सहयोग रहेको कार्यक्रममा उई नाइन ईभेन्टका अध्यक्ष दिलिप खरेलको अध्यक्षतता रहेकोे थियो भने कार्यक्रमको संयोजन सुरेन्द्र गुरुङले गर्नुभएको थियो ।

Post Comment

More मध्य नेपाल

Special Programs

Kalika Events

  • 12th Music Award