मध्य नेपाल

न्युरो सर्जनहरुको छैठो एशिया सम्मेलन बिहिवार समापन
राजु थापा, माघ २९, कालिका,
एशियाभरिका न्युरो सर्जनहरुको छैठो एशिया सम्मेलन बिहिवार समापन भएको छ ।
 
नेपालमै पहिलो पटक भएको सम्मेलनले एशियामा अध्ययनरत विधार्थीहरुलाई न्युरोलोजि सम्वन्धी ज्ञान वृद्धि गरेको र   एक अर्काेको अनुभव साटसाट बाट आगामी दिनमा न्युरो सर्जरीमा धेरै नै सहयोग पुग्ने   नेप्लिज सोसाईटी अफ न्युरोसर्जनीयर्सका अध्यक्ष डाक्टर बसन्त पन्त विश्वास रहृको छ ।
 
३ दिन सम्म जारी रहको सम्मेलनको कलेज अफ मेडिकल साईन्स भरतपुर चितवनले आतिथ्यता गरेको थियो भने सो सम्मेलनमा विश्वभरीका ४० ख्यातिप्राप्त प्रोफेसर न्युरोसर्जनहरुले आफ्नो प्रस्तुति दिनु भएको थियो ।
 
लेक्चर कोर्ष र भिजुअल कोर्ष गरि दुवै तरिका बाट जानकारीहरु दिईएको संयोजक प्रोफेसर आयफ चेरियनले जानकारी दिनुभएको छ । सम्मेलनमा प्रोफेसर डाक्टर योको काटो, प्रोफेसर अल्वर्ट र्सफिनोव, प्रोफेसर सलिम अब्दुलरफ, प्रोफेसर आयफ चेरियन, प्रोफेसर दिपक गुप्ता, प्रोफेसर उपेन्द्र देवकोटा, प्रोफेसर बसन्त पन्त लगायतले कार्यपत्र पेश गर्नु भएको थियो ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Kun Geet Sunau

Started at: 19:20 HRS

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award