मध्य नेपाल

निर्माण व्यवसायी संघ चितवनले नयाँ नेतृत्व चयन गदै
कमला गुरुङ, कालिका माघ १६– 
 
निर्माण व्यवसायी संघ चितवनले नयाँ नेतृत्व चयन गर्दैछ । संघको २२ औ र्वािर्षक साधारण सभा तथा अधिवेशनको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । 
 
यस अधिवेशनबाट संघले १७ सदस्यीय नयाँ कार्य समिति भोली चयन गर्ने संघका पूर्व अध्यक्ष श्रीप्रकाश कंडेलले जानकारी दिनु भएको छ । 
 
कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष एवम् प्रमुख अतिथि शरद कुमार गौचनले यस अधिवेशनबाट एक जिम्मेवार र असल नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नु भएको छ । 
 
कार्यक्रममा संघका प्रथम उपाध्यक्ष रेशमलाल भट्टराई, उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजु श्रेष्ठ, कृषि विकास बैंक नारायणगढ शाखाका प्रमुख प्रमोद तिवारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संघका जिल्ला अध्यक्ष विनय खतिवडाको सभापतित्वमा भएको थियो । 
 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award