मध्य नेपाल

चितवनमा मतदाता नामावली संकलन
राजु थापा, माघ १५, कालिका,
जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली संकलन तथा अधावधिक गर्ने कार्य यहि माध २५ देखि चैतको ९ गते सम्म जिल्ला भर ६३ स्थानमा गर्ने भएको छ ।
 
 विहिवार पत्रकार सम्मेलन गरि जिल्ला निर्वाचन प्रमुख हरि प्रसाद ढकालले माघ २५ र २६ गते माडी नगरपालिका र नारायणी नगरपालिकाको १,२,३ वडा, माध २८ र २९ गते नारायणी नगरपालिका ४ देखि १२, भरतपुर उपनगरपालिका २६,२७,२८ र २९ र दिब्यनगर गाविस, फागुन ३ र ४ गते चित्रवन नगरपालिका सवै वडा, भरतपुर उपमहानगरपालिका १९, २०,२१,२२,२३,२४ र २५ त्यस्तै फागुन ८ र ९ गते कठार, पिप्ले, रत्ननगर नगरपालिका १४,१५,१६, १७,१८,र १९ वडा र जुटपानी गाविस, फागुन ११ र १२ गते लोथर, कोराक
 
 सिद्दि,शक्तिखोर र पदमपुर गाविस फागुन १४ र १५ गते विरेन्द्रनगर, भण्डारा, खैरेहनी नगरपालिका १ देखि १३ नम्बर वडा, फागुन १७ र १८ गते काउले, दाहाखानी, दारेचोक, कविलास र चण्डिभन्जाङ गाविस, फागुन २५ र २६ गते रत्ननगर नगरपालिका १ देखि ५ सम्म फागुन २७ र २८ गते रत्ननगर नगरपालिका ६ देखि १० सम्म, चैत १ र २ गते रत्ननगर नगरपालिका ११ देखि १३ र भरतपुर उपमहानगरपालिका १ र २ , चैत ३ र ४ गते भरतपुर उपमहानगरपालिका ३ देखि ७ वडा, चैत ५ र ६ गते भरतपुर उपमहानगरपालिका ८ देखि १२ वडा र चैत ८ र ९ गते भरतपुर उपमहानगरपालिका १३ देखि १८ वडामा मतदाता संकलन हुने बताउने भयो ।
 
प्रमुख ढकालका अनुसार तोकिएको समयमा सम्बधित वडा कार्यालयमा र नया नगरपालिकाको हकमा साविकको गाविस भवनमा निर्वाचन कार्यालयका कर्मचारी रहेर संकलन गर्ने, शुद्धिकरणको लागि निवेदन लिने र अधावदिक गर्ने कार्य गरिने छ । सो कार्य हुनु ८ दिन अधि नै सम्बन्धित ठाउका मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिने बताईएको छ । सम्मेलनमा सहायक जिल्ला अधिकारी जर्नादन शर्मा, जिल्लाका पार्टीका प्रतिनिधिहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award