मध्य नेपाल

अब एसएमएसबाटै राहदानीबारे जानकारी
रत्ननगर ९चितवन०, १५ माघ ।
जिल्ला प्रशासन कार्यालय चितवनले अब सेवाग्राहीलाई एसएमएसबाटै राहदानी आए नआएको बारेमा जानकारी दिने भएको छ । 
 
सेवाग्राहीको सहजताका लागि उक्त प्रविधिको प्रयोग गर्न लागिएको प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकले जानकारी दिनुभयो । अब आउने लटको राहदानी एसएमएसबाटै जानकारी दिने तयारी गरेको उहाँले बताउनुभयो । 
 
तपाईंको राहदानी आयो अथवा तपाईंको राहदानी बन्न सकेन, कार्यालयमा सम्पर्क गर्नुहोलालगायत सन्देश एसएमएसबाटै सेवाग्राहीको मोबाइलमा जाने गर्दछ । उक्त सेवाका लागि आवश्यक उपकरण आइसकेको र प्रविधि जोड्ने कामसमेत अन्तिममा पुगेको प्रशासन कार्यालयले जनाएको छ । 
 
जिल्लामा हरेक १५ दिनेको अन्तरालमा राहदानी आउने गरेको छ । मासिक करिब तीन हजार राहदानी यहाँबाट बन्दै आएको प्रजिअ डा विकेले बताउनुभयो । सेवाग्राहीलाई न्युनतम ४५ दिनको म्याद दिएर राहदानी लिन आउन भनिएको हुन्छ । “अब त्यो पनि भन्नुपरेन, उहाँले भन्नुभयो । मोबाइल सन्देश कुरेर बसे हुन्छ ।” 
 
कार्यालयको सेवा सुविधा प्रभावकारी बनाउँदै पारदर्शिताका लागि यस्तो कार्यक्रम यहाँ ल्याउन लागिएको हो । फागुन पहिलो हप्ताबाट लागू गरिने तयारी छ ।रासस 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award