मध्य नेपाल

चितवनमा ग्रेडिङ लब्धाङपत्र पाउने २७ जना
राजु थापा, माघ १३, कालिका,
 
चितवन जिल्लाबाट पहिलो पटक २७ विधार्थीले  प्राविधिकधार तर्फ कृषि बिषयमा एस. एल. सी. दिदैछन्। नेपाल उच्च माध्यामिक विधालय रत्ननगरमा अध्ययनरत १३ छात्र र १४ छात्राले सो विषयमा परिक्षा दिने भएका हुन् ।
 
नेपाल सरकारले देशभरका ९९ स्कुललाई अनुमति दिई प्राविधिकधार बाट २०७० सालदेखि पढाईशुरु गरेको छ । यस्तै यसै वर्ष बाट ग्रेडिङ तरिकाबाट लब्धाङपत्र दिन लागेको प्राविधिक क्षेत्रमा कृषि र ईन्जिनियरका ५ वटा विषयमा एस.एल.सी. दिने भए पनि चितवनमा कृषिको प्लान्ट विज्ञान विषयमा मात्र पढाई हुने भएकोले सोहि विषयमा एस. एल. सी. दिदैछन् । यस धारमा सामान्य विषय भन्दा २ सय बढी पुर्णाङक हुन्छ भने पासमार्क समेत ८ नम्बर बढी ल्याउन पर्ने हुन्छ । 
 
यस वर्ष चितवनबाट नियमित तर्फ १० हजार २ सय ७० जना र एक्जाम्टेड तर्फ १ हजार ६ सय ७ जना  विधार्थीहरुले एस. एल सी. परिक्षाको लागि आवेदन भरेका छन् ।  आवेदन भरेता पनि २०७१ माघ मसान्त सम्ममा प्रयोगात्मक नम्बर ब्यबस्थित तरिकाले फारम भरि नबुझाएमा, एक विधार्थीको ५ सय रुपैयाका दरले बैकमा राजस्व दाखिला नगरेमा र ७५ प्रतिशत हाजिर नपुगेमा सो विधार्थी स्वंत अयोग्य हुने जिल्ला शिक्षा कार्यालय चितवनका परिक्षा शाखा अधिकृत रघुनाथ अधिकारीले कालिका एफ एम लाई बताउनु भएको छ ।
 
चैत महिनाको ५ गतेबाट शुरुहुने एस.एल.सी.को लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा परिक्षा केन्द्र निर्धारण समिति गठन भईसके पनि हालसम्म परिक्षा केन्द्र भने निर्धारण भईसकेको छैन् ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award