राजनीति

नेपालका कुनै पनी स्थान अबिकसित हुदैन —ओली नेपालका कुनै पनी स्थान अबिकसित हुदैन —ओली
तिलक गाउँले, मुगु रारा
प्रधानमन्त्री केपी शर्मा ओलली अब नेपालका कुनै पनी स्थान अबिकसित नहुने उदघोष गर्नुभएको छ । कर्णाली पद्रेशले आयोजना गरेको कर्णाली रारा पर्यटन बर्षको समुदघाटन गर्दै प्रधानमन्त्री ओलीले अब देशको कुनै पनि भागलाई दुर्गम र पछाडी पर्न नदिने उदघोष गर्नुभयो । ओलीले सरकारको त्यही उदेश्यका साथ कर्णाली रारा पर्यटन बर्षको सुभारम्भ गरिएको बताउनुभयो । २०७५ साल कर्णाली प्रदेशका लागी बिकास र उन्नतीको साल हुने कुरामा आफु पुर्ण बिश्वस्त रहेको बताउँदै ओलीले कर्णाली बासीका लागी सफलताको सुभकामना ब्यक्त गर्नुभयो । 
बाईट ः 
प्रधानमन्त्री ओलीले प्राकृतिक हिसाबले अत्यन्तै सुन्दर साँस्कृतीक र भौगोलीक दृष्टिकोणले भरिपुर्ण भएको कर्णाली प्रदेशमा बिकासका प्रचुर सम्भावना रहेको बताउँदै त्यसको संरक्षण र सम्बर्दनमा पनी उत्तीकै ध्यान पुराउन आग्रह गर्नुभयो । 
बाईटः 
ओलीले कर्णाली प्रदेशको सबैभन्दा ठुलो पर्यटकीय स्थान रारा तालको बिकासका लागी केन्द्रीय सरकारले पनी उत्तीकै चासो दिने बताउनुभयो । रारा तालको सुन्दरतालाई कायम राख्नका लागी सरकारले कुनै कसर बाँकी नराखीने बताउँदै ओलीले राराताल सम्म आउने सडक निर्माण र तालको किनारमा सुन्दर बाटो र संरक्षणमा ध्यान दिँदै रारामा अझ बढी पर्यटकहरु आउने बाताबरण बनाईने बताउनुभयो । 
बाईट ः 
ओलीले सोही अबसमा राराबाटै बिद्यार्थि भर्ना अभियानको पनी सुभारम्भ गर्नुभएको छ । भर्ना अभियान शुरु गर्दै उहाँले आगामी बैशाख ५ गतेका दिनलाई बिशेस भनाई अभियानको दिन बनाउँदै देशै भरिका बिद्यालय बाहीर रहेका बालबालीकाहरुलाई बिद्यालय भर्ना अभियानमा सहयोग पुराउन आग्रह गर्नुभयो । 
कार्यक्रममा पर्यटन मन्त्री रबिन्द्र अधिकारी शिक्षा मन्त्री गिरिराजमणी पोखरेल लगाएतले सम्बोधन गर्नुभएको थियो । 
 

Post Comment

More राजनीति

Onair Now Onair Now

Kun Geet Sunau

Started at: 19:20 HRS

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award