राजनीति

वैचारिक दृष्टिकोण र सिद्धान्तमा परिवर्तन हुँदैन ः अध्यक्ष थापा वैचारिक दृष्टिकोण र सिद्धान्तमा परिवर्तन हुँदैन ः अध्यक्ष थापा
काठमाडौँ, २९ चैत, रासस
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीले रणनीति र कार्यनीतिमा परिवर्तन गरेको भए पनि वैचारिक दृष्टिकोण र सिद्धान्तमा परिवर्तन नगरेको बताउनुभएको छ । 
 
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको बुधबार आयोजित भेलामा उहाँले भन्नुभयो, “चुनावमा पार्टीले पराजय भोगेको भए पनि प्रजातन्त्र र हिन्दूराष्ट्रको मान्यतामा आधारित संवद्र्धनवादका विचारमा प्रष्ट छ ।” 
 
अध्यक्ष थापाले प्रजातान्त्रिक विधि र मान्यताबाट पार्टीका विचारलाई स्थापित गरिने उल्लेख गर्दै देश विकासका लागि भ्रष्टाचार अहिले मुख्य चुनौती भएको हुँदा यसको विरुद्धमा आफूहरुले देशभर गतिविधि सञ्चालन गर्ने बताउनुभयो । 
 
पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री राजेन्द्र लिङ्देनलगायतले अब मुलुकको विकासका लागि आवश्यक पर्ने जनशक्ति विकास गर्नुपर्ने बताउँदै विद्यार्थी आन्दोलन गुणस्तरीय र प्राविधिक शिक्षामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । 
 
उक्त सम्मेलनमा ७२ जिल्लाका ३५० प्रतिनिधि सहभागी थिए । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award