राजनीति

शहीदको योगदानको उच्च कदर हुनुपर्ने – उपसभामुख शहीदको योगदानको उच्च कदर हुनुपर्ने – उपसभामुख
पोखरा, २६ चैत, रासस
प्रदेश नं ४ का उपसभामुख सिर्जना शर्माले मुलुकको राजनीतिक परिवर्तनका लागि योगदान गर्ने शहीदको उच्च कदर हुनुपर्ने बताउनुभएको छ । 
 
आज महेन्द्रपुलस्थित शहीद भीमसेन दाहालको अर्धकदको शालिकमा माल्यार्पण गर्दै उहाँले शहीद भएका तथा आन्दोलनका घाइते भएकाहरुको योगदानका जगमा नेपाल वर्तमानसम्म आइपुगेको बताउनुभयो । 
 
संघ, प्रदेश र स्थानीय तीनवटै सरकारले शहीदको योगदानलाई उच्च सम्मान गर्दै शहीदले देखाएको बाटो अंगाली समृद्धि र विकासका लागि लाग्नुपर्नेमा उहाँको जोड थियो । प्रदेशसभा सदस्य कृष्ण थापाले शहीदका बलिदानका जगमा भएका परिवर्तनका उपलब्धिलाई संस्थागत गर्नु अपरिहार्य भएको उल्लेख गर्नुभयो । 
 
प्रदेशसभा सदस्य प्रभा कोइरालाले परिवर्तनका उपलब्धिलाई जोगाएर यसको सफल कार्यान्वयन गरे मात्र शहीदका सपनाले मूर्तता पाउने धारणा राख्नुभयो । नेकपा ९माओवादी केन्द्र०का जिल्ला इञ्चार्ज राजकाजी गुरुङले मुलुकमा रोजगारी सिर्जना गरी नागरिकलाई आत्मनिर्भर बनाउन सके शहीदको सपनाले सार्थकता पाउने बताउनुभयो । 
 
स्व दाहालको १३ औँ स्मृति दिवसका अवसरमा शहीद भीमसेन दाहाल स्मृति प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा संस्थाका सल्लाहकार विश्वप्रकाश लामिछानेले पोखरा लेखनाथ महानगरपालिका–१८ मा भीमसेन दाहालको स्मृतिमा शहीद पार्क निर्माणका लागि छुट्याइएको जग्गामा प्रदेशस्तरीय पार्क निर्माण गरिनुपर्ने बताउनुभयो । 
 
स्व दाहालको २०६२ साल चैत २६ गते आजैका दिन जुलुशमा सहभागी हुँदा तत्कालीन राज्यपक्षबाट चलाइएको गोली लागि निधन भएको थियो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award