राजनीति

राष्ट्रपति भण्डारी ट्वीटरमा राष्ट्रपति भण्डारी ट्वीटरमा
काठमाडौँ, २६ चैत, रासस
राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि माइक्रो ब्लगिङ साइट ट्वीटरमा जोडिनु भएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीको ट्वीटर ह्याण्डिल एट प्रेसिडेण्डटअफएनपी ९२एचभकष्मभलतयाल्ए० रहेको छ । 
 
राष्ट्रपति भण्डारीले पहिलो ट्वीट बालबालिका शिक्षाको पहुँचमा सरकारले गरेको प्रयासको सराहना गर्नुभएको छ । राष्ट्रपति भण्डारीको पहिलो ट्वीटमा भनिएको छ “सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने नेपाल सरकार र सम्बद्ध सबै पक्षको प्रयासको सराहना गर्दै सफलताको शुभकामना १” 
 
संसारका विभिन्न राष्ट्रप्रमुख तथा सरकार प्रमुखले आफ्नो धारणा सार्वजनिक गर्न ट्वीटरको प्रयोग गर्दै आउनुभएको छ । सहजरुपमा जनतासँग संवाद गर्ने थलोका रुपमा ट्वीटरलाई लिइन्छ । “नागरिकसँग प्रत्यक्षरुपमा जोडिने लक्ष्यका साथ राष्ट्रपति भण्डारी पनि ट्वीटरमा जोडिनुभएको हो,” प्रमुख स्वकीय सचिव अधिकारीले भन्नुभयो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award