राजनीति

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको शिष्टाचार भेट भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको शिष्टाचार भेट
नयाँदिल्ली, भारत, २४ चैत
भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिष्टाचार भेट गर्नुभएको छ । 
 
नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिनुभयो । 
 
सचिव बैरागीका अनुसार भारतका राष्ट्रपति कोविन्दले नेपालको प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएकोमा प्रम ओलीलाई बधाई दिनुभएको थियो । उहाँले नेपालका राष्ट्रपतिलाई भारतको भ्रमणको निम्तो दिनुभएको थियो । 
 
यसअघि भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारको तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान गारत९गार्ड अफ अनर० प्रदान गरिएको थियो ।रासस 

Post Comment

More राजनीति

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award