- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
समृद्ध नेपाल निर्माणमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका ः उपराष्ट्रपति
काठमाडौँ, २३ चैत, रासस
उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।
आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०को छैटौँ राष्ट्रिय महाधिवेशनको यहाँ आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले मुलुक परिवर्तनमा सञ्चारमाध्यमको अतुलनीय योगदान रहेको भन्दै समृद्ध नेपाल निर्माणमा पनि उत्तिकै भूमिका हुने आशा व्यक्त गर्नुभयो ।
“लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छ, आर्थिक संकटका कारण पत्रकार विदेशिनु परेको छ, पेशा परिवर्तन गर्नुपरेको छ, त्यसलाई राज्यले गम्भीरतापूर्वक हेर्नुपर्छ,” उपराष्ट्रपति पुनले भन्नुभयो । सञ्चारमाध्यमले कुनै धर्म वा जाति विशेषभन्दा पनि उत्पीडित समुदायको आवाज बोल्नुपर्ने उहाँको भनाइ थियो ।
सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो पटक सञ्चारमाध्यम गैरजिम्मेवार देखिएको बताउँदै यो क्षेत्रलाई जिम्मेवार, मर्यादित र प्रतिष्ठित बनाउन पत्रकार महासंघलगायतका सबै संघ संगठन लाग्नुपर्नेमा जोड दिनुभयो ।
महाधिवेशन भोलि शनिबारसम्म चल्नेछ । फोनिजले आदिवासी जनजाति पत्रकारको हकहितका साथै व्यावसायिक पत्रकारिताको माध्यममार्फत देश र जनताको विकासका लागि महत्वपूर्ण योगदान दिँदै आएको अध्यक्ष दण्ड गुरुङले जानकारी दिनुभयो ।
पत्रकारको दक्षता अभिवृद्धि गर्ने, सञ्चार पैरवी गर्नेजस्ता समाजसेवी भावनाबाट विभिन्न किसिमका अभियानसमेत यसले सञ्चालन गर्दैआएको छ । महाधिवेशनमा ३०० भन्दा बढी प्रतिनिधि र पर्यवेक्षकहरु सहभागी छन् । फोनिजमा आठ वटा जातीय संस्थागत सदस्य आबद्ध छन् । यसको देशभित्र ५० भन्दा बढी शाखा छन् भने विदेशमा चार शाखा छन् ।
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





