- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
विशेष प्रतिनिधि रमेश लम्साल, नयाँदिल्ली, २३ चैत, रासस
प्रधानमन्त्री केपी शर्मा ओलीले देखिने गरी नेपाली जनताको जीवनस्तर सुधार गर्ने आफ्नो लक्ष्य रहेकाले सोहीअनुसार आफ्नो नेतृत्वको सरकार अगाडि बढ्ने बताउनुभएको छ ।
इन्डिया नेपाल विजनेश फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भएकाले अबको प्रमुख कार्यभार आर्थिक समृद्धि मात्रै रहेको बताउनुभयो । नेपालको प्रमुख कार्यसूची सुखी नेपाली, समृद्ध नेपालमात्रै रहेको उल्लेख गर्दै उहाँले नेपाललाई विकासोन्मुख देशमा लैजान आफू प्रयत्नशील रहेको उल्लेख गर्नुभयो ।
अहिले प्रतिनिधिसभाको तीन चौथाई मत प्राप्त सरकार गठन भएको, कानूनको परिपालना गराउन कुनै बाधा व्यवधान नभएको, इतिहासकै बलियो सरकार निर्माण भएकाले पनि लगानीको थप अवसर सिर्जना भएको प्रधानमन्त्रीको भनाइ थियो । भारतीय लगानीकर्ता संसारभर नै लगानीका लागि गएको भन्दै उहाँले नेपालमा पनि खुला हृदयका साथ आउन आग्रह गर्नुभयो ।
सरकारले नयाँ उद्योग स्थापना लागि विशेष आर्थिक क्षेत्र स्थापना गरेको, उद्योग, व्यवसायमैत्री औद्योगिक नीति ल्याएको, श्रम समस्या नरहेको, भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता कायम गरेको जानकारी दिँदै सरकार सबै प्रकारको लगानीलाई स्वागत गर्न तयार छ भन्नुभयो । सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई कुनै पनि विभेद नगरेको, समान सुविधा दिएको, वीरगञ्जमा एकीकृत जाँचचौकी स्थापना गरी सहज भन्सार सुविधा दिन थालिएको र त्यस्तो चौकी अन्य तीन स्थानमा पनि स्थापना हुने क्रममा रहेको स्पष्ट पार्नुभयो ।
नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता गरिएको, ढल्केबर मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन सञ्चालनमा रहेको, अर्को प्रसारण लाइन निर्माणको प्रारम्भ भएको, माथिल्लो कर्णाली, अरुण तेस्रो आयोजना निर्माण हुन लागेकाले ऊर्जा क्षेत्रमा लगानीको महत्वपूर्ण अवसर रहेको भन्दै भारतीय उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।
कृषि, पर्यटन तथा जडीबुटी उद्योगमा समेत लगानीको महत्वपूर्ण अवसर रहेको प्रधानमन्त्रीको जोड थियो । सो अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा राजनीतिक स्थिरता कायम भएको, स्थिर सरकार गठन भएकाले लगानीको वातावरण बनेको उल्लेख गर्नुभयो ।
माथिल्लो कर्णाली, अरुण तेस्रोजस्ता ठूला जलविद्युत् आयोजना निर्माणका क्रममा रहेको उहाँले बताउनुभयो । ती आयोजना नौ÷नौ सय मेगावाट क्षमताका आयोजना हुन् । माथिल्लो कर्णालीको वित्तीय व्यवस्थापनको काम शुरु भएको र अरुण तेस्रो, निर्माणको क्रममा जान लागेको उहाँको भनाइ थियो । लगानी बोर्डले विभिन्न ठूला परियोजनालाई अगाडि बढाइरहेको उल्लेख गर्दै उहाँले नेपालमा भारतीय उद्योगी तथा व्यवसायीको लगानी पनि सुरक्षित हुने अवस्था रहेको उल्लेख गर्नुभयो ।
राजनीतिक रुपमा असाध्यै समस्या रहेको बेलामा समेत नेपालमा भारतीय उद्योग तथा व्यवसायीले महत्वपूर्ण नाफा गरेको भन्दै हालको अवस्थामा झन लगानीमैत्री वातावरण बनेको स्पष्ट पार्नुभयो । जलविद्युत्, पर्यटन क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत अधिकारीले ढुक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नुभयो ।
नेपाल सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँमा मोनो–रेललगायतका पूर्वाधारको विकासका लागिसमेत काम गरिरहेको उल्लेख गर्दै उहाँले नेपाल लगानीका लागि उपयुक्त स्थल रहेको पटकपटक दोहो¥याउनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव माधव बेल्वासेले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण शुरु हुने क्रममा रहेको, केही नीतिगत सुधार गरिएको जानकारी गराउनुभयो ।
ऊर्जा क्षेत्रको एकीकृत विकासका लागि सरकारले २०७२ फागुन ६ गते नै ९९ बुँदे ऊर्जा संकटकालीन कार्ययोजना कार्यान्वयनमा ल्याएको र निजी क्षेत्रलाई थप सहज गराइएको उहाँको भनाइ थियो । सहसचिव बेल्वासेले नेपालमा महत्वपूर्ण आयोजना निर्माणको क्रममा रहेको र भारतसमेत नेपालको बजार हुनसक्ने भएकाले त्यही आधारमा लगानी गर्न आग्रह गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपाल सरकारले लगानीमैत्री वातावरण बनाउन नीतिगत सुधार गरेको, राजनीतिक रुपमा समेत सहज वातावरण बनेको भन्दै वैदेशिक लगानीका लागि उपयुक्त अवसर रहेको जानकारी गराउनुभएको थियो । उहाँले नेपाल र भारतका निजी क्षेत्र मिलेर पनि काम गर्न सकिने उल्लेख गर्दै उद्योगी तथा व्यवसायीको छाता संगठन भएकाले पनि महासंघले पनि थप सहजीकरण गर्ने स्पष्ट पार्नुभयो । उहाँले लगानी बोर्डको क्षमता वृद्धि र कार्यक्षेत्रको विस्तारसमेत भएकाले लगानीको वातावरण बनेको बताउनुभयो ।
सिएनआइका अध्यक्ष हरिभक्त शर्माले नेपाल लगानीका लागि एकदमै उपयुक्त भएकाले जुनसुकै क्षेत्रमा पनि नाफा कमाउन सकिने भएकाले लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गर्नुभयो । नेपाल र भारतबीचको खुला सिमानाका कारण पनि एक अर्काबीच सहज सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले दुई देशका लगानीकर्ताबीच विभिन्न क्षेत्रमा सहकार्य गर्न सकिने बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा लगानीका लागि आउन भारतीय लगानीकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा हिन्दुस्तान पावर लिमिटेडका रतुल पुरीले नेपाल र भारतका उद्योगी तथा व्यवसायी मिलेर ऊर्जाको क्षेत्रमा धेरै काम गर्न सकिने स्पष्ट पार्नुभयो । पिटिसी इन्डियाका अध्यक्ष दीपक अमिताभले आफ्नो कम्पनीले नेपाल, बंगलादेशलाई विद्युत् उपलब्ध गराइरहेको जानकारी दिनुभयो ।
नेपाललाई हाल १५० मेगावाट विद्युत् उपलब्ध गराइरहेको जानकारी दिँदै ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन जस्तै अन्य लाइन पनि निर्माण गर्नुपर्ने बताउनुभयो । भारत ठूलो ऊर्जाको बजार भएकाले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्न सकिने बताउनुभयो । नयाँ प्रसारण लाइन निर्माण गर्नुपर्ने र नेपाल–भारतबीच विद्युत्को क्षेत्रमा धेरै काम गर्न सकिने उहाँको भनाइ थियो ।
माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक जिएमआर, वापकोश इन्डिया, एन्डिज हाइड्रोका प्रतिनिधिले नेपालमा आफूहरुले विगतदेखि नै मिलेर काम गर्दै आएको बताएका थिए ।
कार्यक्रममा सिमेन्ट, पूर्वाधार तथा अन्य विभिन्न औद्योगिक क्षेत्रमा काम गर्दै आएका औद्योगिक घराना तथा व्यवसायीले नेपालमा लगानीका लागि आफूहरु तयार रहेको धारणा राखेका थिए ।
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





