राजनीति

प्रदेश ५ को नीति तथा कार्यक्रम स्वीकृत प्रदेश ५ को नीति तथा कार्यक्रम स्वीकृत
बुटवल, २३ चैत, रासस
प्रदेश नं ५ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । यही चैत २५ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७४÷७५ को नीति कार्यक्रम प्रस्तुत हुनेछ । 
 
यस्तै, आजको बैठकले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख उमाकान्त झालाई अनुरोध गर्ने निर्णयसमेत गरेको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रममाथि छलफल गरी केही थपघट गरी पारित गरेको हो । 
 
मन्त्री चौधरीका अनुसार प्रदेश सरकारले चालू आवका लागि रु एक अर्ब दुई करोड बराबरको बजेट ल्याउने र बजेट नीति तथा कार्यक्रममै केन्द्रित रहेर आउनेसमेत जानकारी गराउनुभयो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award