राजनीति

ऐन कानून निर्माण र परिमार्जन गर्न आवश्यक ः उपसभामुख तुम्बाहाम्फे ऐन कानून निर्माण र परिमार्जन गर्न आवश्यक ः उपसभामुख तुम्बाहाम्फे
उर्लाबारी, मोरङ, २३ चैत, रासस
उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले संविधानमा सुनिश्चित भएका अधिकारलाई कार्यान्वयन गर्नका लागि अझै पनि केही ऐन तथा कानून परिमार्जन र निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । 
 
मोरङको उर्लाबारी नगरपालिकास्थित ध्रुवतारा महिला फेडेरेशनले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उपसभामुख तुम्बाहाम्फेले संविधान जारी भइसकेपछि नेपालमा तीनै तहको निर्वाचन सम्पन्न भएको र तीनै तहका सरकारलाई जोड्नका लागि केही ऐन कानून निर्माण गर्न आवश्यक रहेको धारणा राख्नुभयो । 
 
महिलाको आन्दोलनकै कारण राज्यको प्रमुख तहमा महिला पुग्न सफल भएको बताउनु हुँदै उहाँले अझै पनि धेरै आन्दोलन र अभियान चलाउन बाँकी रहेको छ भन्नुभयो । नेपालमा महिला आन्दोलनको प्रकृति फरक रहेको बताउँदै उपसभामुख तुम्बाहाम्फेले भन्नुभयो, “आन्दोलन भनेको महिलाको अवस्था जस्तो छ त्यसलाई परिवर्तन गरेर अगाडि बढ्न उत्प्रेरित गर्ने एउटा अभियान हो ।” 
 
उहाँले मोरङ जिल्लामा महिला हिंसाको चपेटामा परेका महिलाको पुनःस्थापनाका लागि एउटा सुरक्षित आवास गृह निर्माणको तयारी भइरहेको जानकारी दिनुभयो । कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष कल्पना निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award