राजनीति

पर्यटनमा विगतका सम्झौता कार्यान्वयनबारे छलफल हुने
काठमाडौँ, २३ चैत, रासस
प्रधानमन्त्री केपी शर्मा ओलीकोे भारत भ्रमणका क्रममा पर्यटन क्षेत्रमा विगतमा भएका सम्झौतालाई कार्यान्वयन गर्नेबारे छलफल हुने बताइएको छ । 
 
प्रधानमन्त्रीको भ्रमण टोलीका सदस्य एवं नेपाल एशोसिएशन अफ टुुर्स एण्ड ट्राभल एजेन्ट्स् ९नाट्टा०का अध्यक्ष सिएन पाण्डेले रासससँग कुरा गर्दै विगतमा पर्यटन क्षेत्रमा भएका सम्झौतालाई कार्यान्वयन गर्नेबारे भ्रमणमा छलफल हुने बताउनुभयो । 
 
पाण्डेले नेपाली पर्यटक बसलाई सहजरुपमा भारतमा सञ्चालन गर्न पाउने, विभिन्न देशबाट भारतमा आउने पर्यटक नेपालमा ल्याउने, पर्यटन क्षेत्रमा भारतीय लगानी भित्र्याउनेलगायत विगतमा भएका सम्झौतालाई प्राथमिकता दिने बताउनुभयो । “पर्यटन मन्त्रालय र निजी क्षेत्रले पर्यटन क्षेत्रको विकासमा भारत भ्रमणका क्रममा उठाउने एजेण्डाबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेका छौँ,” – उहाँले भन्नुभयो । 
 
भारतले आफ्ना सरकारी कर्मचारी नेपालमा पर्यटकका रुपमा घुम्न पठाउँदा ९लिभ ट्राभल अलाउन्स० सरकारी पैसा दिएर नेपाल पठाउनेबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएर गरेको घोषणालाई कार्यान्वयन गर्नेबारे छलफल गर्ने भ्रमण दलका सदस्य पाण्डेले बताउनुभयो । 
 
आजदेखि हुन लागेको भ्रमणमा पर्यटन क्षेत्रबाट पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र नाट्टाका अध्यक्ष पाण्डेसमेत हुनुहुन्छ । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award