राजनीति

पिछडिएको वर्गको उत्थान बिना समृद्धि असम्भव पिछडिएको वर्गको उत्थान बिना समृद्धि असम्भव
पोखरा, २३ चैत, रासस
प्रदेश नं ४ का उपसभामुख सिर्जना शर्माले पिछडिएको वर्ग र समुदायको उत्थान बिना समृद्धि असम्भव भएको बताउनुभएको छ । 
 
पोखरा लेखनाथ महानगरपालिका–१७ द्वारा बिहीबार यहाँ आयोजित ‘व्यक्तिगत घटना दर्ता तथा कानूनी सचेतना’ विषयक एक दिने कार्यक्रमको उद्घाटन गर्दै उहाँले समाजको तल्लो वर्गले विकासको अनुभूति नगर्दासम्म संघीयताको मर्म पूरा नहुने बताउनुभयो । 
 
अब बन्ने कानून समाजमा पिछडिएको वर्ग तथा समुदायलाई लक्षित हुनेमा जोड दिँदै उहाँले उक्त वर्ग पनि आफ्ना हकअधिकारको संरक्षण एवं कार्यान्वयनका लागि जागरुक बन्नुपर्ने बताउनुभयो । 
 
संविधानले महिलाको हकहितलाई अधिकतम समेटेको चर्चा गर्दै उपसभामुख शर्माले महिलाहरु आर्थिक समुन्नतिका लागि उद्यमशीलतातर्पm उन्मुख बन्नुपर्ने धारणा राख्नुभयो । 
 
पोखरा लेखनाथ महानगरपालिकाका–१७ का अध्यक्ष तीर्थराज अधिकारीले व्यक्तिगत घटना दर्ता गर्न आउने सर्वसाधारणले त्यसका विधि र प्रक्रियाबारे पूर्व जानकारी राखेमा छिटोछरितो सेवा प्राप्त गर्नसक्ने बताउनुभयो । 
 
कार्यक्रममा महानगर कार्यपालिका सदस्य राधिका शाही योगी, कार्यक्रम संयोजक एवं वडासदस्य तारा सेवा परियार, वडा सचिव प्रजापति बराललगायतले बसाइँसराइ, जन्म, विवाह, मृत्युजस्ता पाँच किसिमका व्यक्तिगत घटना समयमै दर्ता गरेर राज्यबाट पाउने सेवा सुविधा लिन सकिने बताउनुभयो । 
 
टोल विकास संस्था, आमा समूह, क्लबलगायत विभिन्न संघसंस्थाका ४०० जनाभन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा वरिष्ठ अधिवक्ता कमल अर्याल र पोखरा लेखनाथ महानगरपालिकाका प्रशासकीय अधिकृत दीर्घनारायण पौडेलले प्रशिक्षण दिनुभएको थियो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award