राजनीति

एकता संयोजन समितिको बैठक शुरु एकता संयोजन समितिको बैठक शुरु
काठमाडौँ, २२ चैत,रासस
एकताको मिति र मिल्न बाँकी विषयमा टुङ्गो लगाउन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० को पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । 
 
यसअघि मंगलबारको संयोजन समितिको बैठकले पार्टी एकतासम्बन्धी सांगठनिक र वैचारिक प्रतिवेदन ग्रहण गरेको थियो । प्रतिवेदनमा आउँदो वैशाख ९ मा एकता गर्न सुझाव दिइएको छ । 
 
एकताको मिति र कार्यदलले मिलाउन बाँकी विषयमा छलफल गर्न आज एकता संयोजन समितिको बैठक बसेको हो । दुई दलबीच चुनाव चिह्न, पद बाँडफाँडको आधारजस्ता विषय मिलाउन बाँकी छ । 
 
गत फागुन ७ मा पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद राख्नेलगायत एकताका सातबुँदे प्रारम्भिक आधारमा दुई दलले सहमति गरेपछि एकता प्रक्रियाले गति लिएको हो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award