राजनीति

युवा संघ केन्द्रीय समितिको बैठक काठमाडौँमा
काठमाडौँ, २१ चैत, रासस
युवा संघ नेपाल केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ३ र ४ गते काठमाडौँमा बस्ने भएको छ । 
 
देशभरका सांगठनिक तथा राजनीतिक अवस्था र अबको युवा आन्दोलनलाई सही दिशानिर्देश गर्नका लागि बैठकमा छलफल गरिने संघका उपाध्यक्ष दिलु पन्तले जानकारी दिनुभयो । 
 
संघका गतिविधि र नेकपा ९माओवादी केन्द्र० निकट वाइसिएलसँग हुन लागेको एकताका आधार तथा संगठनको भावी कार्यदिशाबारे पनि बैठकमा छलफल हुनेछ । 
 
संघका अध्यक्ष राजीव पहारी प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि अब संगठनको नेतृत्व कसरी हस्तान्तरण गर्ने र लामो समयदेखि हुन नसकेको महाधिवेशन एकतापछि कसरी गर्ने भन्ने धारणा पनि बैठकले तयार गर्ने जनाएको छ । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award