राजनीति

प्रदेश सभा नियमावली पारित प्रदेश सभा नियमावली पारित
सुर्खेत, २१ चैत रासस
कर्णाली प्रदेशको मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेश सभा नियमावली २०७४ लाई सर्वसम्मतिले पारित गरेको छ । 
 
नियमावलीमाथिको छलफलमा सांसदहरु गुलाबजंग शाह, बिन्दमान विष्ट, पद्मा खड्का र देवी वलीले नियमावलीमा परिमार्जन गर्नुपर्ने सुझाव दिनुभएको थियो । 
 
त्यस्तै, आर्थिक कार्यविधि विधेयकमाथिको छलफलमा भाग लिँदै धर्मराज रेग्मी, दीनबन्धु श्रेष्ठ, कुर्माराज शाही, चन्द्रबहादुर शाही, देवी वलीलगायतका सांसदहरुले भ्रष्टाचार नियन्त्रण र आर्थिक बेरुजु शून्य हुने स्वरुपमा ऐन ल्याउनुपर्नेमा जोड दिनुभएको थियो । 
 
छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै आर्थिक मामिला तथा कानूनमन्त्री प्रकाश ज्वालाले समाजवादोन्मुख अर्थ व्यवस्थासँग सुहाउँदो वित्तीय पारदर्शिता र अनुशासनयुक्त आर्थिक ऐन तथा नियमावली ल्याउने बताउनुभयो । प्रदेश लेखा नियन्त्रकको कार्यालय र प्रदेश सञ्चित कोष स्थापना गर्ने जानकारी दिँदै उहाँले आकस्मिक कोषका लागि अलग्गै ऐन ल्याउने बताउनुभयो । 
आर्थिक विधेयकमाथिको दफावार छलफल जारी छ । बैठक आज दिउँसो १ बजे बस्ने कार्यक्रम छ । 
––– 

Post Comment

More राजनीति

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award