राजनीति

हुलाकी सडक निर्माणलाई तीब्रता दिन मन्त्री मगरको निर्देशन हुलाकी सडक निर्माणलाई तीब्रता दिन मन्त्री मगरको निर्देशन
भीमदत्तनगर, २० चैत, रासस
खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन डाकेबजार–दैजी हुलाकी सडक तीव्र गतिमा निर्माण गर्न निर्देशन दिनुभएको छ । 
 
मन्त्री मगरले आज यहाँको बेलौरी नगरपालिकामा हुलाकी सडक आयोजना कार्यालय धनगढीका कर्मचारी र निर्माण व्यवसायीसँग छलफल गर्दै सडक निर्माणको काममा ढिलासुस्ती नगर्न आग्रहसमेत गर्नुभयो । 
 
मन्त्री मगरले स्थानीयवासीलाई सास्ती नहुने गरी सडक निर्माणमा तीव्रता दिन सम्बन्धित पक्षलाई निर्देशन दिनुभयो । कञ्चनपुरको दक्षिणी क्षेत्रको दैजी–बेल्डाँडी–बेलौरी–डोकेबजार हुलाकी सडकखण्ड निर्माणमा ढिलासुस्ती भइरहेको भन्दै मन्त्रीसमक्ष स्थानीयवासीले गुनासो गरेका थिए । 
 
उहाँले आगामी असारसम्म गर्न सकिने कामको विवरण, सडकमा धुलो र हिलो हुन नदिने उपायका बारेमा समेत छलफल गर्नुभएको थियो । असारसम्म माटो भर्ने र ग्राभेलिङको आधा काम गर्न सकिने निर्माण व्यवसायीले मन्त्रीसमक्ष जानकारी गराएका थिए । 
 
निर्माण व्यवसायीले बजेटको समस्या र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा काम गर्न भइरहेको अवरोधबारे गुनासो पोखेका थिए । जवाफमा मन्त्री मगरले काम गर्ने वातावरण बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । कञ्चनपुर निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मगरमन्त्री भएपछि पहिलोपटक गृह जिल्ला आएर विभिन्न कार्यक्रममा व्यस्त रहनुभएको छ । 
 
त्यसैगरी आज नै शुक्लाफाँटा निकुञ्ज विस्थापित बस्तीमा पुगेर मन्त्री मगरले विस्थापितको दीर्घकालीन समाधान खोज्न आफू पहल गर्ने बताउनुभयो । यहाँको लालझाडी गाउँपालिका–६ ढक्कास्थित विस्थापित शिविरमा लगाइएकोे गहुँखेती भित्र्याउन निकुञ्ज प्रशासनले अवरोध गरेको भन्दै विस्थापितले समस्या समाधान गरिदिन आग्रह गरेका थिए । 
 
मन्त्री मगरले गहुँ भित्र्याउने समस्या तत्काल समाधान गर्न वन मन्त्रालयसित समन्वय गरिसकेको बताउनुभयो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award