राजनीति

आमा बन्न पाउने अधिकार सुरक्षित गर्छौं ः मन्त्री पुन आमा बन्न पाउने अधिकार सुरक्षित गर्छौं ः मन्त्री पुन
बाबियाचौर, म्याग्दी, २० चैत, रासस
प्रदेश ४ का सामाजिक विकास मन्त्री नरदेवी पुनले सहजरुपमा आमा बन्न पाउने अधिकार सुरक्षित गर्न प्राथमिकता दिने बताउनुभएको छ । 
 
नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०ले आज गृह जिल्ला म्याग्दीको बेनीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री पुनले महिलाको प्रजनन र सहजरुपमा आमा बन्न पाउने अधिकारलाई सुरक्षित बनाउन नीतिगत पहल गर्ने बताउनुभयो । 
 
आयआर्जनमूलक कार्यक्रम तथा योजनामा जोड दिँदै मन्त्री पुनले प्रदेशको नियम, ऐन, कानूनलाई जनमैत्री बनाउने बताउनुभयो । प्रदेशको नीति बनाउन विज्ञसँग लगातार छलफलमा जुटिरहेको बताउँदै मन्त्री पुनले चैत २५ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र २९ गते पूरक बजेट ल्याउने तयारी भएको जानकारी दिनुभयो । 
 
कार्यक्रममा नेकपा ९माओवादी केन्द्र०का पोलिटब्यूरो सदस्य तथा जिल्ला संयोजक गोविन्द पौडेलले विज्ञको सुझाव र प्रदेशको वस्तु अवस्थाको अध्ययन गरेर जनताको समस्या समाधान गर्न सकिने किसीमको नीति नियम बनाउन मन्त्री पुनलाई सुझाव दिनुभयो । 
 
जिल्ला समन्वय समितिका प्रमुख तथा एमाले म्याग्दीका उपाध्यक्ष देवेन्द्र केसीले म्याग्दीले राजनीतिमा मारेको फड्कोलाई आर्थिक, सामाजिक, भौतिक विकास र जनताको जीवनस्तर रुपान्तरणमा उपयोग गर्नुपर्ने बताउनुभयो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award