राजनीति

जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिँदै जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिँदै
इनरुवा, २० चैत ९रासस
सुनसरीको कोशी गाउँपालिका–२ मा जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिन थालेको छ । 
 
जनप्रतिनिधि नभएको बेला वर्षाको समयमा हिलाम्य बाटोमा हिँड्दै आएका स्थानीयवासी जनप्रतिनिधि आएपछि अब ग्राभेल र राम्रो बाटोमा हिँड्न पाउने भएका छन् । 
 
स्थानीयले छनोट गरेका जनप्रतिनिधिले स्थानीयको माग र समस्यालाई मध्यनजर गर्दै विकास निर्माणको कामलाई अगाडि बढाएपछि स्थानीयबासी खुशी भएको स्थानीय दनालाल यादवले बताउनुुभयो । 
 
कोशी गाउँपालिका २ नम्बर वडाका वडाध्यक्ष हीरालाल यादवले आफ्नो वडामा रहेका बाटोघाटोको समस्यालाई समाधान गर्नका लागि काम थालेपछि स्थानीय उत्साहित भएका हुन् । 
 
अध्यक्ष यादवले आफ्नो पहल र प्रयासमा हीरालाल यादवको घरदेखि पूर्व र दक्षिण बौवालाल यादवको घरसम्म आरसिसी ढलान, राजदेवी एकेडेमीदेखि खुनियाधारसम्म माटो पुरी ग्राभेल गर्नुका साथै आसपासका विभिन्न सडकमा माटो पुरी ग्राभेललगायतका विकास निर्माणको काम शुरु गरेपछि स्थानीय उत्साहित भएका हुन् । 
 
वडा कार्यालयले विकास निर्माण तथा बाटोघाटोका काम कतै शुरु गरेको छ भने कतै कामलाई तीव्रगतिमा अगाडि बढाइरहेको वडा कार्यालयका सचिव श्यामकिशोर मण्डलले जानकारी दिनुभयो । यसरी वडाध्यक्षले गरेको विकास निर्माणको कामलाई स्थानीयले स्वागत गरेका छन् । 
 
कोशीका अग्निपीडितलाई राहत 
 
यसैबीच, सुनसरी कोशी गाउँपालिका–६ का अग्निपीडितलाई जिल्ला जिल्ला विपत् व्यवस्थापन समितिका तर्फबाट सोमबार राहत रकम हस्तान्तरण गरिएको छ । 
 
आइतबार भएको आगलागीमा परी घरबारविहीन भएका कोशी गाउँपालिका–६ का अग्निपीडित परिवारलाई सोमबार जिल्ला विपत् व्यवस्थापन समितिका तर्फबाट राहत रकम हस्तान्तरण गरिएको हो । 
 
समितिले घर निर्माण गर्नका लागि प्रतिपरिवार रु १० हजारको दरले राहत रकम हस्तान्तरण गरेको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । 
 
त्यसैगरी, कोशी गाउँपालिका–६ ले समेत अग्निपीडित परिवारलाई राहत वितरण गरेको छ । वडा कार्यालयका तर्फबाट प्रतिपरिवार एकथान त्रिपाल, भुजा, चाउचाउ, च्युरालगायतका सामग्री वितरण गरेको वडाध्यक्ष इन्द्रदेव यादवले जानकारी दिनुभयो । 
 
आइतबार मध्याह्न गहुँ दाउनी गर्ने क्रममा थ्रेसरबाट सल्केर भएको आगलागीमा नौ परिवारका १६ वटा घर जलेर नष्ट हुँदा करीब रु एक करोड बराबरको क्षति भएको थियो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award