राजनीति

प्रदेश सरकार मातृभाषा संरक्षणमा प्रतिबद्ध ः मन्त्री बराल प्रदेश सरकार मातृभाषा संरक्षणमा प्रतिबद्ध ः मन्त्री बराल
जितपुर, कपिलवस्तु, १४ चैत,रासस
प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले मातृभाषाको संरक्षण र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 
 
मंगलबार यहाँको सदरमुकाम तौलिहवामा ‘मदरसा शिक्षा मूलप्रवाहीकरणका चुनौती र समाधानका उपायहरू’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बरालले भाषा, संस्कृतिको संरक्षण गर्दै शिक्षाको मूलप्रवाहीकरण र आधुनिकीकरणका लागिसमेत विश्वविद्यालय अनिवार्य रहेको बताउँदै यसतर्फ सरकार अग्रसर रहेको बताउनुभएको हो । 
 
मन्त्री बरालले मुस्लिम बाहुल्य रहेको कपिलवस्तुमा शिक्षाको क्षेत्रमा प्रदेशस्तरीय आयोग गठन गरी अगाडि बढ्ने बताउनुभयो । प्रदेश सरकारको शुरुवाती चरण भएकाले छलफल, समन्वयका आधारमा प्रदेश सरकार जनताको पहुँचमा पु¥याउने काम गर्न लागेको पनि उहाँले जानकारी दिनुभयो । 
 
प्रदेश नं ५ सरकारको मूलमन्त्र नै ‘शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र रोजगार, जनताको पहँुचमा सरकार’ भन्ने रहेकाले प्रदेशभित्रका सबै जिल्लाका मातृभाषाको संरक्षणमा आफू लागिपरेको बताउनुभयो । नेकपा ९माओवादी केन्द्र०का नेतासमेत रहेका मन्त्री बरालले भन्नुभयो, “सरकारले धार्मिक विद्यालयलाई मूलप्रवाहीकरणमा ल्याउँछ, साधारण शिक्षाको समकक्षी शिक्षा प्रवाह गर्न सहयोग गर्छ ।” 
 
दर्ता भएका मदरसाले पाउने अनुदान रकम विभेदपूर्ण भएको भन्दै मुस्लिम जागरण मञ्च, कपिलवस्तुका अध्यक्ष मेराज खानले मदरसाको चल र अचल सम्पत्ति राज्यले संरक्षण गरी अभिलेख राख्ने गरी मदरसा मूलप्रवाहीकरण कार्यलाई अगाडि बढाउनेमा जोड दिनुभयो । 
 
मन्त्री बराल मंगलबार नेकपा ९माओवादी केन्द्र० कपिलवस्तुले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमा समेत सहभागी हुनुभयो । उक्त अवसरमा उहाँले प्रदेशको स्थायी राजधानीको विषयमा प्रदेशका १२ वटै जिल्लाका जनतालाई सुविधा हुने गरी गरिने बताउनुभयो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Nepal Khabar

Started at: 18:00 HRS

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award