राजनीति

मुलुक आर्थिक समृद्धिको चरणमा स् उपराष्ट्रपति मुलुक आर्थिक समृद्धिको चरणमा स् उपराष्ट्रपति
काठमाडौँ, ७ चैत,रासस
स् उपराष्ट्रपति नन्दबहादुर पुनले राजनीतिक इन्जिनियरिङको नक्सा पूरा भई मुलुक आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको बताउनुभएको छ । 
 
नेपाल इन्जिनियर्स एशोसियसनको १५ औँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उहाँले प्राविधिकले राम्रो काम गरेपनि कतिपय कमजोरीले पुल भत्कने, सडकको कालोपत्र उप्कने जस्ता समस्या आउने उल्लेख गर्नुभयो । 
 
उत्पादनशीलको पनि आधाले मात्र काम गर्ने भएकाले २२ प्रतिशत जनसंख्याले ७८ प्रतिशतलाई पालेको उपराष्ट्रपति पुनको भनाई थियो । आयात बढेर निर्यात घट्दा आर्थिक विकासमा असर पुगेकाले इन्जिनियरले उद्योग धन्दा खोल्न खाका कोर्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो । 
 
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको शिक्षाको ७० प्रतिशत भार प्राविधिक हुनुपर्ने बताउनुभयो । “दुई अंकको आर्थिक विकास गर्न १० वर्षमा १० हजार मेघावाट विद्युत् उत्पादन गर्नुपर्छ, रु एक खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात हुन्छ, रु २२ अर्बको विद्युत् आयात हुन्छ, यसलाई कम गर्न विद्युत् उत्पादनमा जोड दिनुपर्छ”–उहाँले भन्नुभयो । 
 
वार्षिक पाँच लाख मानिस श्रम बजारमा आएपनि ५० हजारले मात्र स्वदेशमा रोजगारीको अवसर पाउँदा बाँकी जनशक्ति बाहिरिएको मन्त्री पुनले सुनाउनुभयो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले राजनीतिक लक्ष्य पूरा भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेकाले अबको ध्यान विकास निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभयो । 
 
“भएको साधन र स्रोत प्रयोग गरे नेपाल गरिब हुँदैन, विकास निर्माणमा विदेशी परामर्शदाता ल्याएपनि तिनले नेपालकै इन्जिनियरलाई काम लगाउने भएकाले यहीँका परामर्शदातृ संस्थालाई विदेशीलाई दिने जति पैसा दिए राम्रो काम गर्न सक्छन्”–उहाँले भन्नुभयो । 
 
कार्यक्रममा थाइल्याण्डका पूर्व मन्त्री सुविन विंकायन, एशोसियसनका अध्यक्ष हरेराम श्रेष्ठलगायतले प्राविधिक क्षेत्रमा थप दक्ष जनशक्ति उत्पादनका लागि इन्जिनियरिङ स्टाफ कलेज र विश्वविद्यालय स्थापना गरिनुपर्ने माग गर्नुभयो । 
 
शुक्रबारसम्म चल्ने सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, थाइल्याण्ड, बेलायतका इन्जिनियरको सहभागिता छ । हाल नेपाल इन्जिनियर्स काउन्सिलमा दर्ता भएका इन्जिनियरको संख्या ४३ हजारभन्दा बढी छ । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award