राजनीति

स्व कोइरालाको योगदानको चर्चा स्व कोइरालाको योगदानको चर्चा
काठमाडौँ, ७ चैत,रासस
संघीय गणतन्त्र स्थापनामा लोकनायक गिरिजाप्रसाद कोइरालाको योगदानलाई बिर्सन नहुने आज यहाँ आयोजित कार्यक्रममा वक्ताले विचार व्यक्त गरेका छन् । 
 
०६२–६३ सालको जनआन्दोलनका कमान्डर एवं पूर्वप्रधानमन्त्री स्व। कोइरालाको आठौँ स्मृति दिवसमा आज आयोजित कार्यक्रममा कोइरालाले नेपालमा गणतन्त्र स्थापना र स्थायी शान्ति कायम गर्न नेतृत्वदायी र साहसिक निर्णय गरेको स्मरण गरे । 
 
‘जिपी कोइराला अध्ययन केन्द्रले आयोजना गरेको लोकतान्त्रिक गणतन्त्र निर्माणमा गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा पूर्वप्रधानन्त्री माधवकुमार नेपालले गणतन्त्र ल्याउन स्व कोइराला सहमत नभएको भए यति चाँडो गणतन्त्र आउँदैनथ्यो र हामीले धेरै मूल्य चुकाउनु पथ्र्र्यो भन्नुभयोे । 
 
काँग्रेस र कम्युनिष्ट मिल्यो भने अग्रगमन सम्भव छ र गणतन्त्रविना अर्को उपाय छैन भन्ने निष्कर्षमा पुगेपछि स्व कोइराला राजाविरुद्ध उभिएको नेकपा९एमाले०का नेता नेपालले चर्चा गर्नुभयो । 
 
नेता नेपालले नेपाली जनताले चाहेजस्तो आर्थिक रुपान्तरण अझै नभएको बताउँदै अब कुनै बहानाबाजी गरेर विकासका काम अवरुद्ध गर्न नहुने बताउनुभयो । उहाँले देशमा राजनीतिक परिवर्तन भए पनि अझै मूल परिवर्तन हुन बाँकी रहेकाले विद्यमान जटिलतालाई पार गर्दै आर्थिक विकास गर्नुपर्ने बताउनुभयो । 
 
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारको प्रारम्भिक दिन नै राम्रो देखिएन भन्दै अहंकारवादले देश अगाडि बढ्न नसक्ने भएकाले हामी सबै सजग हुनुपर्छ भन्नुभयो । 
 
नेपालको इतिहासमा सबैभन्दा शक्तिशाली स्व। प्रम कोइरालाले सबैभन्दा कम शक्ति प्रयोग गरेको प्रसंग उहाँले उल्लेख गर्नुभयो । नेकपा९माओवादी केन्द्र० का नेता नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको महारोगलाई नेपालबाट अन्त्य गर्न नसकेसम्म देश समृद्ध हुन नसक्ने धारणा व्यक्त गर्नुभयो । 
 
पूर्वअर्थमन्त्री डा रामशरण महतले उर्जावान् व्यक्तित्व स्व कोइराला जोखिमपूर्ण काम गर्न कहिल्यै नडराउने व्यक्ति हो भन्दै माओवादीलाई १२ बुँदे सम्झौतामार्फत शान्ति प्रक्रियामा ल्याएको चर्चा गर्नुभयो । 
केन्द्रका सल्लाहकार एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले स्व। कोइरालाले राजा बोक्न सक्दिन भनेको दिनदेखि नेपालमा गणतान्त्रिक आन्दोलन शुरु भएको चर्चा गर्नुभयो । 
 
नेवि संघका पूर्वअध्यक्ष गुरुराज घिमिरे, नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेल, नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेलगायतका वक्ताले स्व कोइरालाको विविध व्यक्तित्वमाथि प्रकाश पार्नुभएको सो कार्यक्रमको सभापतित्व केन्द्रका अध्यक्ष रामप्रसाद अधिकारीले गर्नुभएको थियो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award