राजनीति

सामाजिक जनशक्ति तयार गर्न नीति बन्दै
इटहरी, ७ चैत,रासस
प्रदेश नं १ का सामाजिक विकास तथा शिक्षामन्त्री जीवन घिमिरेले समाजप्रति निष्ठाका साथ सेवा गर्न तयार हुने जनशक्तिको आँकलन गरी शैक्षिक जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले चाँडै नीति र योजना बनाउने तयारी गरिरहेको जानकारी दिनुभएको छ । 
 
मन्त्री घिमिरेले विश्व सामाजिक सेवा दिवसका अवसरमा ग्रिनपिस एकेडेमी विद्यालयका सामाजिक कार्य विषयका विद्यार्थीको सक्रियतामा मंगलबारदेखि दुई दिनसम्म सञ्चालन हुने कार्यशालाको उद्घाटन गर्दैे सामाजिक सेवा क्ष् तथा अन्य प्राविधिक क्षेत्रमा काम गर्ने जनशक्ति तयार गर्ने पक्षमा प्रादेशिक सरकारले चाँडै ठोस नीति तथा कार्यक्रम बनाउनेतिर विशेष ध्यान केन्द्रित गरिरहेको बताउनुभयो । 
 
कलेजका सामाजिक कार्य विभागका प्रमुख एवं कार्यक्रम संयोजक शैलेन्द्रकुमार राईले विश्वका अन्य विकसित मुलुकका सामाजिक कार्य विषयमा अध्ययन पूरा गरेका युवालाई सामाजिक सेवाको कार्य गर्ने प्रमाणपत्र उपलब्ध गराउने गरेको स्मरण गराउनुभयो । 
 
कार्यक्रममा कमल कोइराला मुकुन्द घिमिरे, बोधराज नेपाललगायतले सामाजिक सेवाका क्षेत्रमा निःस्वार्थ भएर काम गर्न तयार भएका शैक्षिक जनशक्तिलाई समयसापेक्ष कार्य क्षेत्रमा खरो उत्रनका लागि राज्यले ठोस नीति निर्माणसँगै सोही मुताविकको सेवामा सक्रिय बन्ने उत्प्रेरणा दिन जरुरी रहनुपर्ने बताउनुभयो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award