राजनीति

उपराष्ट्रपति पुनलाई चिनियाँ समकक्षीको बधाई उपराष्ट्रपति पुनलाई चिनियाँ समकक्षीको बधाई
काठमाडाँैं, ६ चैत,रासस
उपराष्ट्रपति नन्दबहादुर पुनलाई चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले बधाई दिनुभएको छ । नवनिर्वाचित चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले उपराष्ट्रपति पुनलाई चिनियाँ राजदूत यु होङमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो । 
 
नेपालका लागि चिनियाँ राजदूत यु होङले आज अपराह्न उपराष्ट्रपतिको कार्यालय पुगेर चीनका उपराष्ट्रपति, चीन सरकार र आफ्नो तर्फबाट बधाई तथा शुभकामना दिनुभयो । सो अवसरमा उहाँले नेपाल विकासको नयाँ युगमा प्रवेश गरेको बताउँदै नेपालको विकास गर्ने प्रयासमा चीन अग्रमोर्चामा रहेर सहयोग गर्ने उल्लेख गर्नुभयो । 
 
भेटमा उपराष्ट्रपति पुनले आफू दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुँदा बधाई दिनुभएकामा चीनका उपराष्ट्रपति, चीन सरकार र नेपालका लागि चिनियाँ राजदूतलाई धन्यवाद दिनुभयो । भेटमा उहाँले नेपाल र चीन सम्बन्ध दिन प्रतिदिन प्रगाढ बन्दै गइरहेको उल्लेख गर्दै चीनले अगाडि सारेको नयाँ अवधारणा ‘बेल्ट एण्ड रोड एनिसियटिभ’ ९विआरआइ०को प्रशंसा गर्नुभयो । 
 
उपराष्ट्रपति पुनले नेपाल एक चीन नीतिप्रति दृढ रहेको उल्लेख गर्दै नेपालको विकासमा चीनले पु¥याइरहेको सहयोगका लागि धन्यवाद दिनुभयो । भेटमा उपराष्ट्रपति कार्यालयका सचिव लालशंकर घिमिरे र चिनियाँ दूतावासका पदाधिकारीहरूको समेतको उपस्थिति थियो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award