राजनीति

प्रदेश ५ः प्रादेशिक योजना आयोग गठन प्रदेश ५ः प्रादेशिक योजना आयोग गठन
बुटवल, ६ चैत,रासस 
प्रदेश नं ५ को सरकारले प्रादेशिक योजना आयोग गठन गरेको छ । 
 
प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठन तथा कार्यसञ्चालन आदेश २०७४ जारी गरी प्रादेशिक योजना आयोगका उपाध्यक्षमा नेपाल राष्ट्र बैंकका निर्देशक डा प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरएको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिनुभयो ।
 
बैठकले मुख्यमन्त्रीका प्रेस सल्लाहकारमा गुल्मी स्थायी निवासी हाल रुपन्देहीमा करीव दुई दशकदेखि पत्रकारितामा क्रियाशील शेरबहादुर खत्रीलाई नियुक्त गरेको छ । 
 
बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलले केन्द्रीय सरकारले प्रदेशमा हस्तान्तरण गरेको रु एक अर्ब दुई करोड बजेट यही चैत मसान्तभित्र बिनियोजन गरिसक्नुपर्ने भएकाले आआफ्नो मन्त्रालयमा १० दिनभित्र साधारण र पूँजीगत खर्चको योजना मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्न मन्त्रीहरुलाई निर्देशनसमेत दिनुभएको छ । 
 
प्रदेश सरकारले केन्द्र सरकारबाट प्राप्त उक्त बजेटको विनियोजन प्रदेशसभामार्फत नीति तथा कार्यक्रम बनाएर प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार सरकारले चैत मसान्तभित्र नै सोही बजेटका आधारमा प्रदेश प्रमुखमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी तयारी थालेको पोखरेलले जानकारी दिनुभयो ।

Post Comment

More राजनीति

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award