राजनीति

विषादी रोक्न नयाँ योजना ल्याउने ः कृषिमन्त्री खनाल विषादी रोक्न नयाँ योजना ल्याउने ः कृषिमन्त्री खनाल
काठमाडौँ, ६ चैत,रासस
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषिजन्य वस्तुमा प्रयोग हुने विभिन्न रसायन तथा विषादी रोक्नका लागि मन्त्रालयले चाँडो नयाँ योजना ल्याउने बताउनुभएको छ । 
 
रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री खनालले भन्नुभयो–“जनताले पनि घर आँगनमै तरकारी फलाउनुपर्छ । सरकारले पनि प्रोत्साहन गर्छ । विषादीको प्रयोग रोक्नुपर्छ ।” 
 
मुलुकलाई आगामी तीन वर्षभित्र कृषि तथा कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गर्दै सबैखाले कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउन सकेमा उपभोग्य सामग्रीको आयात बन्द भई व्यापार घाटा न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो । 
 
उहाँले आगामी पाँच वर्षभित्र देशमा प्रांगारिक उत्पादन वृद्धि गरी निर्यात गरिने योजना रहेको बताउँदै सातदेखि दश वर्षसम्ममा फलफूल उत्पादनमा देशलाई आत्मनिर्भर गरिने बताउनुभयो ।
उहाँले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्रभावकारी रुपमा परिणाम हासिल गर्न नसकेकाले उक्त परियोजनालाई परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो । 
 
कृषि प्रधान देशमा कृषि उत्पादनको वातावरण नभएका कारण युवा जनशक्ति विदेशिन बाध्य रहेको भन्दै उहाँले उनीहरुलाई कृषि क्षेत्रमा सहभागी गराउन सके यस क्षेत्रले फड्को मार्ने बताउनुभयो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award