राजनीति

पोखरामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिने ः मन्त्री विश्वकर्मा पोखरामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिने ः मन्त्री विश्वकर्मा
पोखरा, ६ चैत,रासस
युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले पोखरामा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गरिने बताउनुभएको छ । 
 
नेपाल खेलकूद पत्रकार मञ्च कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले पोखराको पर्यटकीय सम्भावनालाई खेलसँग पनि जोड्न सकिने बताउनुभयो । 
 
खेलाडीलाई खेल खेलेरै जीविकोपार्जन गर्न सक्ने अवस्थाको सिर्जना नहुँदासम्म खेल क्षेत्रले राम्रो गति प्राप्त गर्न नसक्ने उहाँको भनाइ छ । 
 
पर्याप्त वातावरण नहुँदा पनि नेपाली क्रिकेट खेलाडीले महत्वपूर्ण सफलता हासिल गरेको बताउँदै उहाँले यसको विकासका लागि व्यवस्थित क्रिकेट मैदान बनाइने उल्लेख गर्नुभयो । 
 
सन् २०१९ मा हुने दक्षिण एशियाली खेलकूद ९साग०लाई सम्पन्न गर्ने विषय राज्यको गरिमासँग जोडिएको बताउँदै उहाँले त्यसका लागि आवश्यक भौतिक संरचना निर्माणलाई अघि बढाइएको छ भन्नुभयो । 
 
आगामी बजेटले खेललाई प्राथमिकता दिने बताउँदै मन्त्री विश्वकर्माले युवा सशक्तीकरणका कार्यक्रमलाई पनि अघि बढाउने उल्लेख गर्नुभयो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award