- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
‘म सेवक हुँ’ भन्ने भावना राखेर कर्तव्य निर्वाह गर्नुपर्छः प्रधानमन्त्री
काठमाडौँ, ५ चैत,रासस
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठानको आज उद्घाटन गर्नुभयो । चीन सरकारको रु तीन अर्ब ६० करोडको सहयोगमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा निर्मित सो प्रशिक्षण प्रतिष्ठान तीन सय १८ रोपनी क्षेत्रफमा फैलिएको छ ।
नेपाल र चीन सरकारबीच २०७१ मङ्सिर २६ गते निर्माणसम्बन्धी सम्झौता भई तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम र चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्त रुपमा विसं २०७१ पुस ११ गते प्रतिष्ठानको शिलान्यास गर्नुभएको थियो ।
निर्माण ठेक्का पाएको चाइना रेल्वे कन्स्ट्रक्सन कम्पनीले विसं २०७२ वैशाख ३ गतेदेखि प्रतिष्ठानको निर्माण कार्य शुरु गरिएको थियो । प्रतिष्ठानमा मुख्य शैक्षिक भवन, सभाकक्ष, कभर्ड हल, फुटबल मैदान, स्किमिङ पुल, जिम हल, हेलिप्याड, बास्केटबल कोर्ट, प्रशिक्षक तथा प्रशिक्षार्थी भवनलगायत संरचना छन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीले सुरक्षा निकायको तालीम तथा प्रशिक्षणका लागि यो प्रतिष्ठानले महत्वपूर्ण भुीमका खेल्ने विश्वास व्यक्त गर्नुभयो । तीस महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको प्रतिष्ठान २४ महिनामै निर्माण सम्पन्न हुनु खुशीको कुरा भएको उल्लेख गर्दै उहाँले यसले अन्य संरचनाहरु समेत इच्छाशक्ति भएमा समयमै निर्माण सम्पन्न गर्न सम्भव रहेको पुष्टि गरेको छ भन्नुभयो ।
प्रधानमन्त्री ओलीले सार्वभौमसत्ता, भौगोलिक अखण्डता, जनताको पीरमर्कालाई केन्द्रमा राखेर ‘म सेवक हुँ’ भन्ने भावना राखेर कर्तव्य निर्वाह गर्नुपर्ने बताउँदै सुरक्षा निकायले विपद्का बेला ज्यानको पर्वाह नगरी परोपकारी भूमिकामा गरेको कार्य निकै प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले भवन परिसरको अधिकतम उपयोग गरी विज्ञ उत्पादनमा उक्त प्रशिक्षण प्रतिष्ठान सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिष्ठानलाई सशस्त्र प्रहरी बलका मात्रै नभई अन्य सुरक्षा निकाय तथा विदेशी अधिकृतलाई समेत विशिष्टिकृत तालीम प्रदान गर्न सक्ने गरी केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिदैं प्रतिष्ठानको संरचना विश्व उत्कृष्ट सैन्य तथा प्रहरी प्रशिक्षण प्रतिष्ठानभन्दा कम नभएकाले यसलाई उत्कृष्टताको प्रमाणपत्र प्राप्त गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपालका लागि चीनका राजदूत यु होङले नेपालमा आएको भूकम्पले प्रतिष्ठान निर्माणमा असहजता निम्ताएपनि तोकिएको समयावधि अगावै प्रतिष्ठान निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा प्रशिक्षण प्रतिष्ठानको भौतिक संरचनाहरु निर्माणमा भूमिका निर्वाह गरेको भन्दै चाइना रेलवे चौधौँ ब्यूरो ग्रुप कर्पोरेसन लिमिटेडका महाप्रबन्धक ज्याङ्ग जिन जुङ्गलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





