- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
कानूनको मस्यौदा बनाउन कानून मन्त्रीको निर्देशन
काठमाडौ, ५ चैत,रासस
कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले १५ दिनभित्र सबै मन्त्रालय र निकायलाई कानूनको मस्यौदा बनाएर मन्त्रालयमा पठाउन निर्देशन दिनुभएको छ ।
आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले कानूनको मस्यौदा नबुझाएका सबै मन्त्रालय, निकायलाई कानूनको मस्यौदा बनाएर पठाउन आजै निर्देशन दिनुभएको हो । उहाँले कानून नबनेर संविधान कार्यान्वयनमा पनि जटिलता देखिने भएकाले कानून बनाउनका लागि मस्यौदा पठाउन निर्देशन दिएको बताउनुभयो ।
“संविधान जारी भएपछि सबै मन्त्रालयले नयाँ संविधानअनुसार कानूनको मस्यौदा मन्त्रालयमा पठाउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “तर केही मन्त्रालयले मस्यौदा बनाएर पठाएका छैनन् । कानूनको मस्यौदा नबनेकाले कानून बन्न ढिलाइ भएको छ, १५ दिनभित्र सबैले कानूनको मस्यौदा बनाएर मन्त्रालयमा पठाउनु भनेर निर्देशन दिएका छौँ ।”
मन्त्री तामाङले कानूनको मस्यौदा आएपछि मन्त्रालयले १० दिनभित्रमा कानून बनाउने बताउनुभयो । मन्त्रालयले ४१ वटा विषयगत कानून बनाउन बाँकी रहेको छ । यस्तै उहाँले संविधानमा उल्लेख गरिएका मौलिक हकका कानून आगामी असोज ३ गतेभित्र बनाइसक्नेसमेत बताउनुभयो । “मौलिक हकको कार्यान्वयनका लागि तीन वर्षभित्रमा सम्बन्धित मौलिक हकका ऐन बनाउनुपर्छ”, उहाँले थप्नुभयो, “त्यसैले आगामी असोज ३ गतेसम्म ३१ वटा मौलिक हकका ऐन बनाउने छौँ ।”
मन्त्री तामाङले मौलिक हकमा रहेका महिला, बालबालिका हकलाई बढी प्राथमिकता दिएर हिंसा र भेदभावलाई पूर्ण नियन्त्रण गर्नेखालको ऐन ल्याइने बताउनुभयो । मन्त्रालयले संविधानसँग बाँधिएका कानून एक वर्षभित्र खारेज गर्नेसमेत उहाँले जानकारी गराउनुभयो । उहाँले संघ, प्रदेश र स्थानीय तहलाई सहजीकरण गर्नका लागि कानून बनाइरहेको उल्लेख गर्दै प्रदेश र स्थानीय तह सञ्चालनका लागि नमूना कानून बनाएर पठाउने कार्य भइरहेको बताउनुभयो ।
मन्त्री तामाङले संविधानको सर्वोच्चता, कानूनी शासन र शक्तिपृथकीकरणको सिद्धान्तलाई पूर्ण अवलम्बन गर्न मन्त्रालय लागि पर्ने भन्दै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीन अंगबीचको आपसी सम्बन्ध सुदृढ गर्नेसमेत बताउनुभयो ।
यस्तै पत्रकार सम्मेलनमा मन्त्री तामाङले न्यायपालिकालाई मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “अहिले न्यायालयमा जे देखियो । त्यो राम्रो होइन । यसले समग्र न्यायलयमा असर पारेको छ”, उहाँले भन्नुभयो, “न्यायलय सबैको पहुँच बनाई स्वच्छ र मर्यादित बनाइने छ ।”
मन्त्री तामाङले न्यायालयलाई स्वच्छ र मर्यादित बनाउनका लागि न्यायाधीशको सम्पत्ति पनि सार्वजनिक गरिने बताउनुभयो । उहाँले न्याय प्रशासन ऐन संशोधन गरेर न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्ने बताउनुभयो । उहाँले कैलाली–१ बाट निर्वाचित रेशम चौधरीले कतै पनि शपथ खुवाउने निर्णय नभएको जानकारी गराउनुभयो ।
मन्त्रालयका सचिव कमलशाली घिमिरेले संविधान जारी भएपछि अहिलेसम्म १३८ वटा विषयगत कानून बनेको जानकारी गराउनुभयो । उहाँका अनुसार अझै ४१ वटा विषयगत कानून बनाउन बाँकी रहेको छ । उहाँले कानून बनाउनका लागि सबै मन्त्रालयलाई ताकेता गरिरहेको बताउनुभयो ।
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





